२६ जेठ २०८३, मंगलबार

चीनले वेस्टर्न थिएटर कमान्डमा तैनाथ गर्‍यो रकेट लोन्चर, भारत हो लक्ष्य

बैशाख ८, २०७८
चीनले वेस्टर्न थिएटर कमान्डमा तैनाथ गर्‍यो रकेट लोन्चर, भारत हो लक्ष्य

चिनियाँ जनमुक्ति सेनाले वेस्टर्न थिएटर कमान्डमा रकेट लोन्चर र आर्टिलरी ब्रिगेड तैनाथ गरेको छ । 

सत्र हजार फीटको उचाइमा उक्त तैनाथी गरिएको हो । 
 

वेस्टर्न थिएटर कमान्ड भारत सीमामा पर्छ ।

पीएलए डेलीमा प्रकाशित पहिलो पृष्ठको लेखमा उक्त ब्रिगेड सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको उल्लेख छ तर ठ्याक्कै कुन ठाउँ हो भनी खुलाइएको छैन । 

उक्त क्षेत्र अग्लो र हिउँ भएको पहाडमा रहेको भनी मात्र लेखेको छ । 

गर्मी लाग्दै गएपछि पीएलएले सीमा बलहरूलाई बलियो बनाउँदै लगेको यसबाट देखिएको छ । 

सय किलोमिटरको दायरामा प्रहार गर्न सक्ने रकेटहरू त्यस ठाउँमा राखेर चीनले भारतलाई सन्देश दिन खोजेको विश्लेषकहरूले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्