२७ जेठ २०८३, बुधबार

कोरोना संक्रमणपछि पूर्वरानी कोमल आईसीयूमा, ज्ञानेन्द्रलाई पनि अक्सिजनको 'सपोर्ट'

बैशाख १६, २०७८
कोरोना संक्रमणपछि पूर्वरानी कोमल आईसीयूमा, ज्ञानेन्द्रलाई पनि अक्सिजनको 'सपोर्ट'

पूर्वरानी कोमल शाहमा कोरोना संक्रमणपछि अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । 

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी भएकाले आईसीयूमा सारिएको हो ।

अहिले उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन । 

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्