×

NMB BANK
NIC ASIA

२१ औं वर्षमा नेपाल लाइफ इन्स्योरेन्स,एक खर्ब १ अर्बको जीवन बीमाकोष, २८ लाख ८२ हजार बीमित

बैशाख २१, २०७८

NTC
Premier Steels

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । 

Muktinath Bank

‘देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्‍याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएका छौं’, कम्पनीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंक्तिमा रही निरन्तर सेवामा लागिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं’, कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आपूm, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरे । 

Vianet communication

समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ ।  कम्पनीमा सर्वाधिक लगानी रु. १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु. १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष रु. ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी रु. ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पूँजिकरण रहेको छ ।

यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु. ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रु. ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदावी रु.३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको छ । कम्पनीमा १,७६,०४३ भन्दाबढी सर्वाधिक प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x