×

NMB BANK
NIC ASIA

जनकपुरमा हुन्डीको डरलाग्दो सञ्जाल, ५५ लाख सहित पाँच जना समातिए

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, १६ जेठ – जनकपुरमा अवैध हुन्डी कारोबार गर्दै आएका कारोवारीलाई कारोबार गरिरहेकै अवस्थामा धनुषा प्रहरीले रंगेहात पक्राउ गर्न सफल भएको छ । कारोबार गरिरहेको पाँच जनालाई ५५ लाख रुपैयाँ सहित पक्राउ गरिएपछि धनुषामा लामो समय देखि चल्दै आएको अबैध हुन्डी कारोवारको पर्दाफास भएको छ ।

धनुषा रघुनाथपुर ४ का ३७ बर्षिय महादेव राउत, ३४ बर्षिय विष्णुदेव राउत, सबैला नगरपालिका २ का विन्देश्वर राउत, एकराही १ का २० बर्षिय अरुण दास र रघुनाथपुर ४ का २० बर्षिय रोशन कुमार महरालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका विष्णुदेव राउतबाट २६ लाख ६४ हजार २ सय रुपैयाँ, विन्देश्वर राउतबाट ३ लाख ७३ हजार रुपैयाँ, अरुण दासबाट ११ लाख रुपैयाँ र रोशन कुमार महराबाट १४ लाख रुपैयाँ गरी कुल ५५ लाख ३७ हजार २ सय रुपैयाँ नगद बरामद गरेको छ ।

यसका अतिरिक्त धनुषा प्रहरीले ५ थान ल्यापटप, १० थान मोवाईल र तिनीहरुको फाईल तथा डायरी समेत बरामद गरि आवश्यक कानुनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले बताएका छन् ।

कसरी परे पक्राउ ?

जनकपुरमा अवैध हुन्डी कारोबार संचालन भईरहेको सूचना धनुषा प्रहरीले एक बर्ष अघि नै पाएको थियो । तर, कारोबार गरिरहेकै अवस्थामा प्रमाणहरु सहित रंगेहात फेला पार्न कठिन भईरहेको थियो । अवैध रकम बरामद नहुनजेलसम्म कारवाही प्रक्रिया अगाडी वढाउन कठिन हुने भएकोले प्रहरीले रकमनै बरामद गर्ने मौका हेरिरहेको थियो ।


धनुषामा उत्तमराज जोशी एसपी रहेका बेला अवैध सुन चाँदी तस्करहरुलाई अवैध सुनचाँदी तथा रकम सहित पक्राउ गर्न सफल भएपनि अवैध हुन्डी कारोवारी भनेर कसैलाई यस अघिसम्म धनुषामा कारवाही गर्न नसकिएकोले पनि धनुषा प्रहरीका लागि यो विषय नयाँ र चुनौतिपुर्ण थियो ।

त्यसैले धनुषाका एसपी लालमणि आचार्यले अपराध शाखाका सई जयलाल यादव र असई किस्मत भण्डारीलाई विशेष रुपमा खटाएको थियो ।

एक बर्ष देखि सुराक पत्ता लगाइरहेको धनुषा प्रहरीले पछिल्लो एक साता देखि ती कारोबार गर्ने कारोवारीहरुमाथि निगरानी बढाएको थियो । तिनीहरुले कारोबार गर्ने तरिका, रकम आउने ठाउँ, हस्तान्त्रण गर्ने ठाउँ र व्यक्ति, कुराकानी, बस्ने सेल्टर लगायतका ठाउँमा प्रहरीले निगरानी बढाइरहेको थियो ।

यही क्रममा ३ जेठमा प्रहरीले राष्ट्रिय बाणिज्य बैंकको भवन मुनि गल्लीबाट अवैध हुन्डीको कारोवार गर्ने कामदार धनुषा एकराहीका अरुण दासलाई प्रहरीले अवैध रकम सहित पक्राउ गर्यो ।

प्रहरीको अनुसन्धान टोलीका सदस्य समेत रहेका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीका अनुसार अरुणलाई पक्राउ गर्दा प्रहरी निकै सचेत थियो । आफूहरुमाथि पनि बाहिरबाट निगरानी भइरहेको हुन सक्ने र एउटा पक्राउ परेपछि अन्य गिरोह सचेत हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर ‘एण्टी कभर्ड’ शैलीमा उनलाई पक्राउ गरिएको उनले बताए ।

करिब साढे ४ बजे तिर अरुणलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि ल्याइयो । अरुणसँग गरिएको अनुसन्धानबाट विभिन्न स्थानमा रहेका अन्य ४ जना मानिसहरुको नाउँ खुलेपछि बाँकी चारै जनालाई पक्राउ गर्न विभिन्न स्थानमा रहेका प्रहरीहरुलाई जानकारी दिएर एकै समय एकैसाथ सबै जनाको घरमा खानतलासी गरी पक्राउ गरिएको थियो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले विष्णु देव राउतको घरमा, जिल्लाबाट गएको टोलीले पुल चौकमा, रेल्वे प्रहरीबाट गएको टोलीले वकिल टोलबाट महादेव राउत, विष्णु देव राउत, विन्देश्वर राउत, रोशन कुमार महरालाई पक्राउ गर्न सफल भयो ।

कसको भुमिका के ?

पक्राउ परेका पाँचै जनासँग गरिएको बयानबाट तिनीहरुले अबैध हुन्डीको कारोबार गरिरहेको प्रमाणित भयो । महादेव राउत र विष्णु देव राउत दाजु भाई हुन । विन्देश्वर राउत ती दाजुभाईका बहिनी ज्वाँई हुन । विष्णु देव राउत कारोबारको सबै व्यवस्था मिलाउने काम गर्थे ।

मलेसियाबाट नेपाल आउने जाने गर्थे । विजनेस भिसा भएका कारण महिनामा २÷३ पटक नेपालबाट मलेसियाजाने आउने गर्थे ।

मलेसियामा जानकी इम्पेक्स नामको एउटा संस्था स्थापना गरी मलेसियामा काम गर्ने नेपाली नागरिकहरुबाट रकम संकलन गर्ने तथा विन्देश्वर राउतसँग मिलेर मलेसियन रकम मलेसियामा विक्री वितरण गर्ने कार्य गर्दथे ।
नेपालमा भाईबर तथा म्यासेन्जरमा क कसलाई कति रकम दिनुपर्ने हो भन्ने सूचि सहितको विवरण मलेसियाबाट पठाइन्थ्यो । नेपालमा काम गर्ने कर्मचारीहरुलाई खटाई घर घरमा पुर्याउने तथा मनिट्रान्सफरको माध्यमबाट
देशका अन्य जिल्लाहरुमा समेत रकम पठाउने काम महादेव राउतले नेपालमा गरिरहेका थिए ।

महादेव राउत आफ्ना भाई विष्णु देव राउतको सम्पुर्ण कामको जिम्मेवारी हेर्ने गर्थे । सम्पुर्ण कारोबारको विवरण राख्ने र विष्णु देव राउतले राखेका कर्मचारीलाई रकम लैजाने र ल्याउने कार्यमा अरुण दास र रोशन कुमार महरालाई खटाई रकम बुझाउने काम गर्थे ।

विन्देश्वर राउत भने विष्णुदेव राउतसँग मिलेर मलेसियन रकमलाई मलेसियामा साट्ने तथा मलेसियामा विक्री वितरण कार्य गर्ने, नेपालमा भाईबर तथा म्यासेजमा आएको रकम मनिट्रान्सफरको माध्यमबाट पठाउन निजले संचालन गरेको विभास मनिट्रान्सफरको प्रयोग गर्थे ।

विष्णु देव र विन्देश्वरको बीचमा मलेसियाबाट पाउनु पर्ने रकम प्राप्त गरेपछि साट्ने, पैसा पठाउनका लागि सेटलमेन्ट गर्ने कामको भूमिका निर्वाह गरिरहेका थिए ।

विष्णु देव राउत र महादेव राउतले खटाएका कर्मचारीहरु अरुण दास र रोशन कुमार महराले विन्देश्वर राउत र महादेव राउतले दिन भनेको मान्छेहरुलाई रकम सम्बन्धित स्थानमा पुर्याउने, दिन भनिएको मानिसहरुको एकाउन्टमा रकम जम्मा गरिदिने काम गर्थे ।

प्रहरीले गरेको अनुसन्धानबाट के देखिएको छ भने नेपालमा काम गर्ने म्यानपावर कम्पनीहरुले मलेसियामा तिर्नुपर्ने रकम नेपालमा दिने र उनीहरुले त्यहाँ म्यानपावरका मानिसहरुलाई मलेसियामा बुझाउने गर्छन् ।
उताबाट आउने रकम ७५ देखि ८० प्रतिशत हुन्थ्यो भने यताबाट मलेसियामा बुझाउनुपर्ने रकम २० देखि २५ प्रतिशत मात्र हुन्थ्यो ।

नेपालमा कसरी गरिन्थ्यो कारोबार ?

बैदेशिक रोजगारीका शिलशिलामा मलेसियामा रहेका नेपाली कामदारहरुले नेपालमा पैसा पठाउनका लागि कमिशन अत्यन्तै कम तिर्नुपर्ने लालचमा यिनीहरु मार्फत पैसा पठाउने गर्थे ।
नेपालमा मनिट्रान्सफरहरुको पसलमा गई रकम दिनुपर्ने मानिसहरुलाई बोलाएर रकम दिने गर्थे । कतिपयलाई

विभिन्न बैंकको वेटिङ्ग रुममा बोलाएर पैसा दिने गर्थे । कतिपय बैंकका गल्लीमा रहेका पार्किङमा बोलाई मानिसलाई पैसा दिने गरिन्थ्यो । यसका अतिरिक्त बजारका विभिन्न चौकहरु, पान पसलहरुमा बोलाई पैसा दिने गरिन्थ्यो ।

अहिले उनीहरुको अफ सिजन थियो । प्रायः अंग्रेजी महिनाको १ तारेख देखि १४ तारेखसम्म बढी कारोबार हुने गर्दछ । एक दिनमा ८० लाख देखि १ करोड रुपैयाँसम्म कारोबार हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी सहायक निरीक्षक भण्डारीले बताएका छन् ।

इन्टरनेटमा आधारित संजाल

मलेसिया देखि नेपालसम्म संचालन गर्दै आएको उक्त हुन्डी कारोबारमा उनीहरुले इन्टरनेटमा आधारित संजाल खडा गरेका थिए । भाईबर र म्यासेन्जर मार्फत नै उनीहरुले सूचना आदान प्रदान गर्थे ।

नेपालमा खटाइएका कर्मचारीलाई १० देखि ५ बजेसम्म मोवाईलमा अनलाईन राखिन्थ्यो । बाँकी ३ जना मुख्य कारोबारीहरु चौविसै घण्टा अनलाईन हुने गर्थे । भाईबर, ह्वाट्सएप र म्यासेन्जरको अत्यधिक प्रयोग गर्थे ।
पैसा दिनुपर्ने मानिसको नाम, फोटो र रकमबारे सूचना भाईबर र म्यासेन्जर मार्फत दिने गरिन्थ्यो । जनकपुरमा पैसा दिनुपर्ने मानिसहरुलाई विभिन्न ठाउँमा बोलाई दिने गरिन्थ्यो भने देशका अन्य जिल्लाका मानिसहरुलाई रकम दिनुपर्दा विन्देश्वर राउतले सबैलामा संचालन गरेको विभास मनिट्रान्सफर र विष्णुदेवले महेन्द्रनगरमा संचालन गरेको ताल मनिट्रान्सफर मार्फत रकम पठाउने गर्थे ।

मनिट्रान्सफर मार्फत कपिलबस्तु, दांग, सिन्धुली, रामेछाप, मोरंग लगायतका विभिन्न जिल्लाहरुमा मलेसियाबाट आएको रकम पठाइएको पाइएको छ । आफ्नै मनिट्रान्सफर मार्फत रकम मात्रै पठाउँदा करोडौंको कारोवार किन वढी भईरहेको छ भनेर शंका लाग्न सक्ने र सम्बन्धित निकायले अनुसन्धान समेत गर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै ती कारोवारीहरुले जनकपुरका अन्य मनिट्रान्सफर मार्फतहरु पनि रकमको लेनदेन गर्ने गर्थे ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x