×

NIC ASIA

जित्ने सुनिश्चितता भए मात्र गृहमन्त्री थापा राष्ट्रिय सभाको उम्मेदवार बन्ने

बैशाख २३, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेले बागमती प्रदेशबाट रिक्त राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनु पूर्व जित सुनिश्चितता भएपछि मात्र टुंगोमा पुग्ने निर्णय गरेको छ । 

Muktinath Bank

विपक्षी गठबन्धनले एमाले पृष्ठभूमिका खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएपछि एमालेले थापालाई उम्मेदवार बनाउनु अघि थप आन्तरिक गृहकार्य गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले चुनाव जित्ने अवस्थामा मात्र थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । हार्ने अबस्थामा थापालाई उम्मेदवार नबनाइने एमालेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

थापा अहिले एमालेमा तेस्रो वरियताका शीर्ष नेता हुन् । 

Vianet communication

गृहमन्त्री थापालाई माओवादीले राष्ट्रिय सभा सदस्यबाट कार्वाही गरेपछि सोही स्थानमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशका सांसद् तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । प्रदेश सांसदको मत भार धेरै र स्थानीय तहका प्रमुख उपप्रमुखको कम हुन्छ । 

नेपाली कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्ष एक ठाउमा उभिदा आफ्नो पक्षमा बहुमत पुग्ने उनीहरुको दावी छ । बागमती प्रदेशको योजना आयोगका उपाध्यक्ष समेत रहिसकेका देवकोटा माधव नेपाल निकट मानिन्छन् । देवकोटाले माओवादीको हँसिया हथौडा चिन्हमा साझा उम्मेदवारी दिँदैछन् । 

एमालेले पनि आफ्ना उम्मेदवारको जीत सुनिश्चित गरेर अगाडि बढ्ने निर्णय गरेको छ । बिहीवार बिहान बसेको एमाले स्थायी कमिटी बैठकले उम्मेदवारको जीत सुनिश्चित हुनेगरी छलफल अगाडि बढाउने निर्णय भएको जानकारी दिए । 

यसअघि एमालेले बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको थियो । वैशाख १० गते बसेको महाधिवेशन आयोजक कमिटी –केन्द्र्रीय कमिटी) बैठकमा यही ब्रिफिङ भएकाे थियो । बदलिएको परिवेशमा कसलाई उम्मेदवार बनाउने भन्ने बिहीवार साँझसम्ममा निर्णय हुने एमाले स्रोतले बतायो । 

जेठ ६ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ । माओवादीले राष्ट्रिय सभा सदस्यबाट हटाएपछि गृहमन्त्री थापाले पुनः मन्त्री पदको शपथ लिएका थिए । सांसद नभएको व्यक्ति ६ महिना मात्र मन्त्री बन्न पाउने व्यबस्था छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x