×

NMB BANK
NIC ASIA

पुस्तक समीक्षा

मशिनजस्ता मान्छेको नवीनतम उपद्रो : को वरिष्ठ ?

बैशाख २५, २०७८

NTC
Premier Steels
  • लक्ष्मण गाम्नागे

अलि अस्ति हेटौंडा गएका बेला दाजु आरसी रिजालले प्रेमपूर्वक दिनुभएको व्यंग्य संग्रह ‘को वरिष्ठ’ एकै बसाइमा पढी सिध्याएँ ।

Muktinath Bank

कुरा के छ भने हात परेका कतिपय किताबहरू कभर सुमसुम्याएर पत्रिकाहरूसँगै राखिन्छ, कति भूमिका पढेर थन्क्याइन्छ, कति केही पाना पढेर लुकाइन्छ, कति किताबहरू कन्दैओर्दै केही हप्ता वा महिना लगाएर भए पनि पढी सिध्याइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कति किताबहरूले पढ्न थालेपछि सकेर मात्रै उठ्ने अनुमति दिन्छन् भने कति किताबहरूले पढिसकेपछि पनि के गरौं के गरौं भएर छट्पटीमा पारिदिन्छन् । मेरा लागि आरसी रिजालको किताब पढिसकेर पनि त्यतिकै थन्क्याउन नपाइने किताब पर्‍यो । एक त यो हाँस्य–व्यंग्यको किताब त्यसमा पनि आरसी रिजालले लेखेको । त्यसैले किताबमाथि केही लेख्न मन लाग्यो । अनि यो पाठकीय टिप्पणी लेख्छु भनेर कस्सिएँ । 


Advertisment
Nabil box
Kumari

नेपाली हाँस्यव्यंग्य साहित्यको क्षेत्रमा आरसी रिजाल चिनाइरहनुपर्ने नाम रहेन । निदाएको बेलाबाहेक आरसीजीको ध्याउन्न साहित्यबाहेक अन्त हुन्छ होला जस्तो मलाई लाग्दैन । निदाएकै बेला पनि सपनामा आरसीजी साहित्यिक सपना नै देख्नुहुँदो हो ।

Vianet communication

हाँस्यव्यंग्य लेख्ने, कुनै साहित्य महारथीको सम्मान गर्ने, शालिक बनाउने, अक्षय कोष खडा गर्ने, पुरस्कार स्थापना गर्ने, पत्रिका निकाल्ने । नभए समाजका विकृति र विसंगतिहरूलाई मनमा खेलाइरहने, त्यसलाई लेखनीमा कसरी उतार्ने भनेर सोचिरहने र उतारिपनि हाल्ने । केही न केही उपद्रो नगरी एकछिन पनि बस्न नसक्ने ।

अहिले पनि आरसीजीको एउटा इष्र्यालाग्दो उपद्रो चलिरहेको छ । बुढ्यौली साहित्यको उन्ननयनका लागि कोष बनाउने, पत्रिका निकाल्ने र बुढाबुढीका लागि अरु के गर्न सकिन्छ ? त्यो गर्ने । कोष खडा भइसक्यो, बुढ्यौली साहित्य विषयक रेडियो कार्यक्रम शुरू भइसक्यो, पत्रिका निस्कने तयारी अगाडि बढिसक्यो । एउटा अभियान सकिन पाएको छैन, अर्को अभियान थालिहाल्ने । मशिन जस्तो मान्छे ।

यी मशिन जस्ता मान्छेका आधा दर्जन बढी कृतिहरू प्रकाशित छन् । केही अनुवाद पनि छन् । हाँस्यव्यंग्यको मौलिक कृतिमा चाहिँ यो पाँचौं हो शायद । 

अब यही किताबको कुरा । साहित्य संगम मकवानपुरले प्रकाशन गरेको चिटिक्कको यो किताबमा छत्तिस थाना छोटा रचनाहरू छन् । कुनै–कुनै अलि लामा पनि छन् । छत्तिसमा छत्तिस नै व्यंग्य रचना छन् भनेर ठोकुवा गर्नु हुँदैन । धेरैजसो व्यंग्य छन् र बाँकी पनि व्यंग्यात्मक शैलीका छन् । व्यंग्य नै हुनु र व्यंग्यात्मक हुनुमा केही भेद हुन्छ होला भन्ने मलाई लागेकोले यो भनेको हुँ । कतिपय रचना निकै गम्भीर खालका छन् भने कतिपय रचना पढ्दा एक्लै पनि खितखिताएर हाँस्न मन लाग्ने छन् । 

पुस्तकका अगाडि विधा छुट्याउने ठाउँमा ‘हाँस्यव्यंग्य’ भनिएको छ । विधा किन प्रस्ट उल्लेख नभएको हो ? मैले बुझिनँ । हाँस्यव्यंग्य मात्र भन्दा हामी स्वतः निबन्ध होला भन्ठान्छौं । तर यो संग्रहका धेरै रचनाहरू कथाको बान्की र विशेषता भएका छन् । निबन्धभित्र पनि अनेक कथा उपकथा घुस्रिएका छन् । आख्यान विधामा हाँस्यव्यंग्यको खडेरी छ । यस्तो बेला लेखिएका यी कथाहरूलाई कथा नै भनेर घोषणा गर्न पाएको भए गजब हुन्थ्यो भन्ने मेरो मान्यता छ ।

मलाई अचेल कथा र निबन्धबीचको दूरी घट्दै गएको जस्तो लाग्छ । त्यसमा पनि हाँस्यव्यंग्य निबन्धहरू त कथाकै स्वरूपमा आउन थालेका छन् । ‘को वरिष्ठ’बाट केही निबन्ध झिकेर यसलाई व्यंग्य लघुकथा संग्रह भन्न पाएको भए खास्सा हुन्थ्यो होला । आगे पाठकहरूको विचार । 
 
‘को वरिष्ठ’का यी छोटा रचनाहरू अत्यन्त समसामयिक र उपयोगी छन् । केहीबाहेक प्रायः रचनाहरू सामाजिक विषयवस्तुमा केन्द्रित छन् । खासगरी सामाजिक, सांस्कृतिक, परम्परागत, अन्धविश्वास, कुरीति र कुसंस्कारविरुद्ध लेखकको भद्र विद्रोहलाई यी रचनाहरूले अभिव्यक्ति दिएका छन् । 

लेखकको व्यक्तित्व जस्तै शान्त, सौम्य र भद्र रचनाहरूको माध्यमबाट सामाजिक, राजनीतिक, सांस्कृतिक, वैयक्तिक लगायत विविध क्षेत्रका विकृतिहरूमाथि लेखकले च्वास्स–च्वास्स घोचेका छन् । कतै–कतै अलि कडा प्रहार पनि गरेका छन् ।  

भैरवसँग भलाकुसारी भन्ने रचनाबाट पुस्तकको श्रीगणेश गरिएको छ । आरसी यसै पनि भैरवका भक्त हुनुहुन्छ । भैरव अर्याल नेपाली हाँस्यव्यंग्य साहित्यका शिर, हामी धेरैका गुरु । नेपाली हाँस्यव्यंग्य निबन्ध जगतका मानक व्यक्तित्व । त्यसैले पनि हुनुपर्छ पहिलो रचना भैरवको स्मृतिमा छ । 

भैरव अर्याललाई एक रात सपनामा भेटेर आरसीजीले यस मर्त्य लोकको पोल लगाउनुभएको छ । यहाँका अनेकौं विकृति विसंगतिका कुरा सुनाएर भैरवलाई सुसूचित गर्नुभएको छ । समाजको र साहित्यको अवस्थाबारे रोचक कुराकानी गर्नुभएको छ ।  

‘को वरिष्ठ ?’ भनेर पुस्तकको अवरणले नै प्रश्न गरेको छ । उमेर खाएको, कपाल फुलेको, ठूलो भुँडी भएको मोटोघाटो, खाइलाग्दो ज्यान परेको, टन्न सम्पति भएको । हाम्रो समाजले वरिष्ठ मान्ने मापदण्ड यस्तै हो । लेखकका अनुसार खास हुनुपर्ने चाहिँ आफ्नो क्षेत्रमा इमान्दार, सबैलाई नेतृत्व दिनसक्ने खुबी भएको, असल चरित्रवान, श्रद्धा गर्न लायक व्यक्ति पो वरिष्ठ हुनुपर्ने भन्ने छ । जसोतसो आयू बढाएर, घाममा कपाल फुलाएर यसो १–२ वटा कविता, २–४ वटा गन्थने किताब लेख्दैमा उसलाई वरिष्ठ मान्नुपर्ने, कस्तो विडम्बना होला भनेर लेखक छक्क परेका छन् । 
 
काममा नाममा भुत्लोभाङ नगर्ने, कोठामा बसेर राष्ट्रवादका आदर्श कविता लेखेर विदेशमा कमाउन गएकाहरूलाई घर फर्केर आऊ भनेर लेख्ने कवि लेखक पनि आरसीजीलाई पटक्कै मन पर्दैनन् । व्यंग्यकार सोध्छन्, के आदर्शले भुँडी भरिन्छ ? विदेशमा २ पैसा कमाएर जहान पाल्न हाड घोटिरहेकाहरूलाई भड्काएर देशमा बोलाएर तिमी रोजगारी दिन्छौ ? देशको वास्तविकता बुझी–बुझी यस्ता नक्कली कविता लेख्ने ? सामाजिक यथार्थको धरातलमा टेकेर साहित्य सिर्जना गर्नुपर्छ भन्ने लेखकको भनाइ मननयोग्य छैन त ?
 
नमस्कार, जिउँदो जुत्ता शहीद, कोरोना शहीद हुँदै व्यंग्यहरू अघि बढ्छन् । ‘वैतरणी’ हँसाएर हुरुक्क पार्ने कथा छ । ‘हुन्थ्यो’ भन्ने शीर्षकको निबन्धमा पुगेपछि तपाईंलाई लेखकले आन्द्रा बटारिने गरी हँसाउँछन् । ब्रह्माजीले हाम्रा दुइटा आँखामा दुइटै किन अगाडि नै राखेका होलान् ? लेखकको गम्भीर प्रश्न छ । 

उनी भन्छन्, ‘आँखा हेर्नुस् त दुइटै अगाडि जडान गरेका ! एउटा पछाडि राखिदिएको भए बाबुको ठेगान नभएका ती ब्रह्मा बूढाको के जान्थ्यो ? यस्तो भए पछाडिको दृश्य देखिन्थ्यो, राम्रो भए मज्जाले हेरिन्थ्यो । अर्को कुरा, पछाडिबाट हुने दुर्घटनाबाट बचिन्थ्यो । ल यति गर्न सकेनन् रे, घाँटीमा बेरिङ सिस्टम व्यवस्था गरिदिएको भए जिउ नघुमाई टाउको मात्र घुमाउन सकिन्थ्यो । आफू चाहिँ ४ वटा टाउकोमा ४ दिशा देखिने गरी ८ वटा आँखा राख्ने ।’

अब हरेक रचनाको व्याख्या गरेर तपाईं पाठकलाई दिक्क लगाउँदिनँ । समग्रतामा प्रवेश गर्छु । कतै हँसाउँदै कतै च्वास्स हुने गरी घोच्दै, कतै गम्भीर बनाउँदै, कतैकतै रुवाउँदै लेखकले पाठकलाई भित्रैसम्म घच्घच्याउने प्रयास गरेका छन् । गम्भीर विचारहरू रमाइलो शैलीमा आएका यी हरेक रचनाहरू पठनीय र मननीय छन् । हामी धेरैका गलत संस्कार, प्रवृति र आनीबानीमाथि लेखकले सिस्नुपानी लगाउने काम गरेका छन् । कतिपय रचनाको पात्र म आफैं पो हुँ कि झैं लाग्छ । 

संक्षेपमा आरसीजीका रचनाहरू पहिला–पहिलाका जस्तै उत्कृष्ट छन्, हँसाउने छन्, व्यंग्य गर्ने छन् । सबैभन्दा मूल विशेषता मलाई लागेको आरसीजीका यी रचना रचना मात्र होइनन्, यी उहाँका अनुभवहरूका संग्रह पनि हुन् । समाजमा देखिने मसिनाभन्दा मसिना विषयहरूलाई टपक्क टिपेर बडो मेहनतसँग केलाएर राम्रा कुरालाई ग्रहण गर्दै नराम्रा कुराहरूलाई परित्याग गर्दै सफा समाजको निर्माणमा लाग्न हामी सबैलाई घच्घच्याउने काममा यी रचनाहरू केन्द्रित छन् । 

हाँस्य व्यंग्यका हस्ती, नेपाली साहित्यका महारथी आरसी रिजालको सुस्वास्थ्य, दीर्घायु र निरन्तर सिर्जनका लागि हार्दिक शुभकामना दिन्छु । भूलचुक लिनेदिने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x