×

NMB BANK
NIC ASIA

संवैधानिक इजलास आज बस्दै

जेठ १८, २०७८

NTC
Premier Steels

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलवार पनि जारी रहने भएको छ । यसअघि आइतबारको इजलास मंगलवार बस्नेगरी हेर्दाहेदैमा सकिएको थियो । 

Muktinath Bank

आइतवार संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयमा प्रश्न उठेपछि  उनीहरुलाई इजलासमा राख्ने नराख्ने विषयमा बहस भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवक्ता गोविन्द बन्दीले नेकपा विभाजनको फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेपछि यसबारे बहस भएको थियो ।


Advertisment
Nabil box
Kumari

रिट निवेदकहरूको तर्फबाट बहस भएपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जना सहन्यायाधिवक्ताले बहस गरेका थिए । 

Vianet communication

बडालले विपक्षीले उठाएजस्तै अमूक न्यायाधीश इजलासमा बस्न नपाउने हो भने सर्वोच्चका २० जना न्यायाधीश नै संवैधानिक इजलासमा बस्न अयोग्य हुने बताएका थिए ।

उनले कतिपय अधिवक्ताले आचारसंहिता विपरीत दुवै पक्षलाई राय दिँदै हिँडेको बताएका थिए।

सहन्यायाधिवक्ताको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले यस विषयमा न्यायाधीशहरू ले नै विवेक प्रयोग गर्ने बताएका थिए । 

त्यसअघि बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश छान्ने अधिकार वकिलहरूसँग नभएको जवाफ फर्काएका थिए । 

संवैधानिक इजलासमा आइतवार अधिवक्ता मिथिलेसकुमार सिंहले पनि न्यायाधीश श्रेष्ठको विषयमा प्रश्न उठाएका थिए ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले इजलासमा प्रश्न उठिसकेकाले न्यायाधीश श्रेष्ठ संवैधानिक इजलासमा नबस्दा राम्रो हुने तर्क गरेका थिए । 

यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश श्रेष्ठ यो इजलासमा बस्ने कि नबस्ने भन्ने विवेकको प्रश्न भएको बताएका थिए । 

प्रतिनिधि सभा विघटनविरुद्ध सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए । अब प्रश्न उठेका न्यायाधीशको बारेमा आज टुंगो लाग्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x