×

NMB BANK
NIC ASIA

‘गुलेली ग्याङ’ले खुकुरी नचाएर सकिएको फिल्म रातो घर !

कात्तिक २०, २०७४

NTC
Premier Steels
मान्छेलाई पैसाको लोभले कस्तो स्थिति सृजना गर्न सक्छ ? सेता मान्छेहरु पनि कसरी कालो काम गर्ने धन्दाको सञ्जालमा पर्छन् ? यस्तै घटनाको वरिपरि घुमेको चलचित्र ‘रातो घर’ परिस्थितिले सृजना गरेका पात्रहरुबीचको द्वन्द्व हो । पछिल्लो समय प्रदर्शित नेपाली चलचित्रका तुलनामा चलचित्र ‘रातो घर’ले दर्शकलाई केही राहत दिन सक्छ ।18902605_1441842262529087_625814232_n

एक लाइनमा भन्नुपर्दा चलचित्र राम्रो छ । फिल्ममा समावेश चोटिला संवादले पुरै चलचित्रलाई हेर्नलायक बनाएको छ । सुरुदेखि अन्तसम्म दर्शकलाई बाँधेर राख्ने दम चलचित्रमा छ । कथाको शक्ति चलचित्रमा अग्र छ ।

झापाको एक बस्तीमा गुलेली ग्याङ हुन्छ । ग्याङमा कात्तिके (संयम् पुरी), दुक्की (गौरव पहारी), झखमले (विल्सन विक्रम राई), कोरियन (विकेश श्रेष्ठ) लगायतको एउटा समूह छ । झखमले सबै साथीको प्रिय छ । त्यसैले पनि चलचित्र झकमलेको कथा वरिपरि घुम्छ । गुलेली ग्याङका सबै सदस्यले झखमलेको सल्लाह मान्छन् । उनीहरुको काम भनेको नै झापालीले दिएको सानोतिनो काम गर्नु हो । गाउँकै बाटो हिँड्ने मान्छेहरुसँग चन्दा उठाउने हो । गलत बाटो हिँडेर भए पनि टन्नै पैसा कमाउने सपना देखेको यो समूह कसरी समस्याको दलदलमा फस्छ र उनीहरुको जिन्दगीमा कसरी अझै ठूला घटना घटित हुन्छन् भन्ने कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ, चलचित्र रातो घरमा ।

निर्देशक सुरज सुब्बा ‘नाब्लो’ आफ्ना फ्लप फिल्मको ह्याङ्गबाट फ्रेस भएका छन् । स–साना कमजोरीलाई नजरअन्दाज गर्ने हो भने उनी रातो घरमार्फत प्रशंसाका पात्र हुन् । सामान्य घटना र परिवेशलाई उनले सुन्दर ढंगले पर्दामा प्रस्तुत गरेका छन् ।

मूलतः सबै कलाकारको अभिनय आकर्षक छ । संयम पुरी र विल्सन विक्रम राईले आफूलाई अभिनयमार्फत बोल्ड बनाएका छन् । मूख्य भिलेनका रुपमा देखिएका झापाली (अनुराग कुवँर) ले पनि अभिनयमार्फत डरलाग्दो प्रस्तुति दिएका छन् । फिल्म हेरुञ्जेल कतिपय दर्शकलाई उनी साँच्चिकै खलपात्र नै हुन् कि भन्ने भाव दिलाउँछ । बार डान्सरका रुपमा प्रस्तुत भएकी मेनुका प्रधानको अभिनयले पनि दर्शकको मन जित्छ ।

लेखक तथा निर्देशक सुरज सुब्बा ‘नाब्लो’ ले चलचित्रको पूरै कथा र संवादमा कडा मिहिनेत गरेका छन् । चलचित्र त्रुटिपूर्ण हुँदाहुँदै पनि दर्शकको मन जित्नुको एउटा बलियो कारण यही हो ।
झापाको कहानीलाई फिल्ममा जोडिए पनि चलचित्रको परिवेश र विषयवस्तु पूरै झापामा पुग्न नसकेको महसुस हुन्छ दर्शकलाई । निश्चित दृश्य चलचित्रमा दोहोरिएजस्तो लाग्छ । यद्यपि दृश्यलाई सिनेमाटोग्राफर हरि घले लामाले गज्जबले क्यामेरामा उतारेका छन् । केही शट पट्यारलाग्दा लागे पनि औषत रुपमा चलचित्रमा छायांकन पक्ष सुन्दर नै छ ।
त्यसो त चलचित्र ग्याङस्टारको कथामा बनेको छ । त्यसैले पनि सिनेमामा तीन पक्षबीचको गुण्डागर्दीले घटनाक्रम अगाडि बढ्छ । निर्देशकले कथानकको क्लाइमेक्सलाई बडो मेहनतका साथ ल्याण्ड गरेका छन् ।

तर, फिल्ममा स–साना कमजोरी भने हाबी छन् । जस्तो कि, केही दृश्य अँध्यारोमा खिचिएका छन् । तर ती दृश्यमा पात्रहरु चाहिनेभन्दा बढी चिच्याएका छन् । टोल नै थर्किने गरी चिच्याउनु दर्शकका लागि खल्लो अनुभव हुन सक्छ । त्यस्तै मेनुका प्रधान हस्पिटलमा चिच्याउँदा छेउमा सुतेको बिरामीलाई किन कुनै असर पर्दैन ? के हस्पिटलमा त्यति नाटकीय रुपमा चिच्याउनु जरुरी थियो ? यस्ता स–साना कुरामा समस्या देखिएका छन् । अर्थात कुनै दृश्यमा पात्रलाई जोडजोडले चिच्याउन लगाइएको छ ।

खुकुरी नचाएरै गुलेली ग्याङले आफूलाई स्थापित गराएका छन् । खुकुरीले छपछपी काट्दा पनि कसैको रगत बग्दैन । यस्ता कैयन कमजोरी चलचित्रको सतहमा आए पनि चलचित्रले अन्तसम्म भने दर्शकलाई बाँधेर राख्छ ।

चोटिला संवाद, आकर्षक कथावस्तु र कलाकारको अभिनयले चलचित्र स्तरीय बनेको छ ।

समग्रमा चलचित्र राम्रो छ । यदि चलचित्रको फ्यान हुनुहुन्छ भने यो चलचित्र तपाईका लागि राम्रो खुराक बन्न सक्छ । पूरै परिवारका साथ हलमा बसेर सिनेमा हेर्दा पनि तपाईलाई असहज महसुस हुने छैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x