×

NMB BANK
NIC ASIA

नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

जेठ २९, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
शपथसँगै पोखरेले ४ जनालाई मन्त्री पनि बनाएका छन् । मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन् । उनीहरुले पनि पोखरेलपछि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Muktinath Bank

पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष पोखरेललाई मुख्यमन्त्री नियुक्त, गर्न दावी पेश गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी भएका हुन् ।


Advertisment
Nabil box
Kumari

को हुन् मुख्यमन्त्री नेपाली ?

Vianet communication

गण्डकीमा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपाली २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व १(१) बाट निर्वाचित हुँदै प्रदेश सभामा प्रवेश गरेका थिए । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

२००५ जेठ ५ गते तनहुँको राम्चे (हाल ब्यास–११) मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्मा दम्पतीबाट माहिलो छोराको रूपमा जन्मिएका उनको घरभित्रै राजनीतिक पृष्ठभूमि थियो । उनका पिता प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँका सभापति बनेका थिए ।

कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली त्यसअघि ४ पटक (२०४८ देखि २०६७ सम्म) कांग्रेस नवलपरासीको सभापतिमा निर्वाचित भएका थिए ।

विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताइसकेका छन् ।

२०२२ देखि २०२८ सालसम्म उनले पिता स्व. गोवद्र्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाए । उनी विभिन्न विद्यालयमा हेडमास्टरको भूमिकामा समेत थिए ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गर्‍यो । साथसाथै २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेशा परित्याग गरे ।

नेपाल बार एशोसिएशनका सदस्य समेत रहेका उनले प्रखर अधिवक्ताको रूपमा पनि परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित उनको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए ।

राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका नेपाली एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष पनि हुन् ।

भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल पूरा गरेका हुन् । परिवारमा उनका ९९ वर्षीया आमा, पत्नी, २ छोरा र २ छोरी तथा नातिनातिना छन् ।

प्रमुख घटनाक्रम –

– २०२२ देखि २०२८ सम्म पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
– २०२९ देखि २०३६ सम्म काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन
– २०३५ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
– २०३६ सालको जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
– २०३७ सालमा निर्वाचन बहिष्कारपछि जेल चलान
– २०४६ सालमा प्रथम जनआन्दोलनपछि जेल चलान
– २०४८ सालमा सत्याग्रहमा जेल चलान
– २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ मा उम्मेदवार
– २०४८ देखि २०६७ सम्म सभापति, नेपाली कांग्रेस नवलपरासी
– २०६२/६३ को दोस्रो जनआन्दोलनमा जेल चलान
– २०६७ सालमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित
– २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्षतर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार तर झिनो मतान्तरले पराजित
– २०७४ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) बाट निर्वाचित
– २०७५ सालमा गण्डकी प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x