×

NMB BANK
NIC ASIA

सामाजिक सद्भाव

नाक चुच्चे बाहुनहरूमाथि भइरहेको सुनियोजित षड्यन्त्रको पर्दाफास

असार ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको संविधानमा उल्लेख गरिएका ‘धर्म निरपेक्षता’ र ‘समाजवाद उन्मुख’ शब्द हटाएर के लेख्नेछौं भनेर एउटा भिडियो बनाएर यूट्युबमा राखेको थिएँ । भोलिपल्ट भिडियोको तल कमेन्ट आयो – साला बाहुन तँ, जहाँबाट आएको त्यतै फर्की ।

Sagarmatha Cement
Muktinath Bank

अर्को धेरै पुरानो भिडियो थियो । नेपालका सनातन वैदिक हिन्दू, बौद्ध, बोन, जैन, किरातको मूल थलो हो भन्ने विषय समेटेको । त्यसमा पनि कमेन्ट आएको थियो – नाक चुच्चे बाहुनहरू युरोपबाट छिरेका हुन् । यिनीहरू जताबाट आएका हुन्, त्यतै लखेट्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रोफाइल खोलेर हेरें । छद्म हो भन्ने बुझ्न समय लागेन । जवाफ दिनु आवश्यक सोचिनँ, डिलिट गरिदिएँ ।


Advertisment
SBL

यो पहिलो पटक थिएन । छद्म नाम, छद्म तस्वीर राखेर यस्ता घृणावादी कमेन्ट धेरै पटक आइसकेका छन् । यस्तोमा बहस गर्नुभन्दा सरक्क डिलिट गर्ने र रिपोर्ट गर्ने गरिएको थियो ।

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जालमा छद्म नाम राखेर जातीय घृणा र द्वन्द्व भड्काउने सम्भावना देखेर थुप्रै चेतनामूलक भिडियोहरू बनाएर पनि राख्यौं । सामाजिक सञ्जालको सदाचारी प्रयोग सम्बन्धमा नेपाल प्रहरीका साइबर ब्यूरोका प्रतिनिधि उपस्थित गराएर चेतनामूलक कार्यक्रम पनि गर्‍यौं तर घृणावादी गतिविधिमा कमी आएको छैन । 

दलित समुदायकी युवतीले टिकटकमा भिडियो बनाएर हाल्छिन् । बाहुनको थरबाट तथानाम जातीय गाली गरिएको प्रतिक्रिया आउँछ । बाहुनको भिडियोमा राई थरबाट तथानाम जातीय गाली आउँछ । फेसबूकमा मगर थर भएकाले पोस्ट गरेको हुन्छ । तल प्रतिक्रिया आउँछ – यिनीहरूलाई मंगोलियातिरै लखेट्नुपर्छ अनि ठिक्क हुन्छ ।

परिचय नखोलिएका छद्म प्रोफाइलबाट गरिएका घृणावादी विष वमनलाई हल्का रूपमा लिनु घातक हुनजान्छ । रुवान्डाको घटना त याद होला । १०० दिनमा झण्डै १० लाख मानिसको हत्या भएको रुवान्डाको नरसंहार पछाडिका शृंखलाबद्ध घटना बुझ्ने हो भने यस्तै घृणावादी विषवमन प्रमुख कारकहरू मध्येको एक देखापर्छ ।

हुतु अतिवादी इन्ट्राहाम्वेले एकोहोरो रूपमा ‘आरटीएलएम’ रेडियोमार्फत ‘तुत्सीहरू इजिप्टबाट भागेर आएर रुवान्डामा बसेका हुन्, हाम्रो देशको समस्याको प्रमुख कारण तुत्सी हुन् । यी साङ्ला हुन्, सफाइ गर्नैपर्छ’ भनेर एकोहोरो विषवमन गरिरहँदा समयमै प्रतिवाद गर्न र सत्य कुरा जनमानसमा पुर्‍याउन सकेनन् ।

फलस्वरूप हिंसा भड्किएपछि स्थिति नियन्त्रणभन्दा बाहिर गयो । २ लाख ५० हजार महिलाको त बलात्कार मात्रै भयो, करीब १० लाख मानिसहरू मारिएको वासिङ्गटन पोस्टको समाचारमा उल्लेख छ । 

नेपालको कूल जनसंख्याको ८३ प्रतिशतको इन्टरनेटमा पहुँच पुगेको छ । कुनै न कुनै सामाजिक सञ्जालमार्फत २ करोड ४७ लाख ३५ हजार जनसंख्या जोडिँदैछ । इन्टरनेटमा कुनै पनि कुरा वनको डढेलो जस्तो गरी फैलन बेर लाग्दैन । उसै पनि ‘कमेन्ट बक्समा ९ लेख्नुस् युवतीले लगाएको स्कर्ट फर्किन्छ’ भनेर गरिएको हावादारी फोटो पोस्टमा सयौंले ९ लेखेका हुन्छन् ।

कमेन्ट बक्समा ९ लेखेपछि फेसबूकमा हालिएको फोटोमा रहेकी युवतीको स्कर्ट माथि फर्किने अपेक्षा गर्नेहरूमा ज्ञानको स्तर कस्तो होला ? यस किसिमका मानिसको दिमागमा घृणावादी गलत कुरा पनि सत्यझैं गरेर प्रस्तुत गरिदिने हो भने त्यसले कस्तो समस्या ल्याउला ? यस किसिमका प्रयोगकर्ताहरूले ‘हो रे’का भरमा के कस्ता विचार पालेर बसेका होलान् ? तर छद्म प्रोफाइलबाट लुकीछिपी कमेन्ट गरेर भाग्नेभन्दा पनि डर लाग्दो संकेत भने हाकाहाकी गलत सावित भइसकेको कुरालाई बढाइचढाई सही सावित गर्न खोज्ने तथाकथित बुद्धिजीवी र नागरिक अभियन्ता भनौदाहरू छन् ।

बाहुन थर भएकाले लेखेको पोस्टको तल ‘यिनीहरू युरोपबाट भागेर आएका’ भनेर त्यतिकै भनिएको होइन । सुकिलो ड्यासमा बसेर आर्यहरू युरोपको ककेसियाबाट प्रवेश गरेका हुन् भन्दै त्यही आर्य आक्रमण सिद्धान्तमा टेकेर नेपालको राष्ट्रियतादेखि धर्म, संस्कृति, अर्थतन्त्र, समाज, शिक्षासम्मको नीति बनाउन भ्याउनेहरूले फैलाएको अफवाहको निकृष्ट रूपमा छद्म प्रोफाइलमार्फत प्रकट भएको हो । 

के हो आर्य आक्रमण सिद्धान्त ?

‘आजभन्दा ३५ सयदेखि ४ हजार वर्ष अगाडि युरोपको ककेसियाबाट आर्यहरू आएर इन्डिया र पाकिस्तानको बीचमा रहेको सिन्धुघाटी सभ्यतामाथि आक्रमण गरे । त्यहाँको सभ्यता मासेर वैदिक संस्कृति र संस्कृत भाषा लादे ।’ 

यो आर्य आक्रमण सिद्धान्त हो । यो नियोजित षड्यन्त्र थियो, जुन हावादारी सावित भइसक्यो । जसले यो सिद्धान्तको प्रतिपादन गरेका हुन्, तिनै रक्षात्मक हुनुपर्ने अवस्था आइसक्यो तर कतै नबिकेको आफ्नो बुद्धिविलास गर्ने गज्जबको मसला नेपाल बनिरहेको छ । त्यति मात्रै होइन, नेपालको संविधानमा समेत यही षड्यन्त्रको प्रवेश भइसकेको छ ।

संस्कृत भाषा र वैदिक सभ्यता ४ हजारदेखि ३५ सय वर्ष अगाडि रसियाको ककेसियाबाट आएका ‘आर्य’ जातिका पुरुषहरू हरप्पामा आएर संस्कृत भाषाको रचना गरे र वैदिक ग्रन्थ लादे भन्ने कुतर्क गरेर शुरू गरिएको आर्य आक्रमण सिद्धान्त नराम्रोसँग थचारिएको छ । जयपुर डाइलग फोरमले सन् २०१९ मा आयोजना गरेको ‘राष्ट्रिय नीति के सांस्कृतिक आधार’ कार्यक्रममा आर्य आक्रमण सिद्धान्तको ठोस प्रमाण दिनेलाई २ करोड भारुको पुरस्कारको व्यवस्था गरिएको थियो तर अहिलेसम्म कतैबाट ठोस प्रमाण आएको छैन । 

आर्य भनेको नाक चुच्चो, विस्फारित आँखा भएका, गहुँ गोरा बाहुन क्षेत्री जस्ता मानिस भनेर परिभाषित गरिएको छ । यस किसिमका मानिसहरू ३५ सय वर्ष अगाडि आएका भनेर तथाकथित बुद्धिजीवी भनौदाहरूको लेख र भाषण सुनेर छद्म प्रोफाइलधारीहरू ‘बाहुन क्षेत्रीहरू युरोपको ककेसियाबाट भागेर आएका’ भनेर ओकलिरहेको छन् । यो बुझ्न कठिन छैन ।  

गलत परिभाषा र कमजोर आधारमा टेकेर थालिएको आर्य आक्रमण सिद्धान्त हावादारी हो भन्ने तथ्यहरू यहाँ छन् । 

परिभाषा नै गलत

१) आर्य शब्दको परिभाषा नै गलत छ । वैदिक ग्रन्थ र बौद्ध ग्रन्थमा आर्य शब्द प्रशस्त प्रयोग भएको छ । आर्यको अर्थ ‘असल मानिस’ भन्ने हुन्छ । अंग्रेजीमा जेन्टलम्यान भने जस्तै संस्कृतमा आर्य शब्दको प्रयोग हुन्छ । तर आर्य शब्दको गलत परिभाषा बेलायती पादरी तथा इसाई अतिवादीहरूले गरेका थिए ।

युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीका अनुसार सन् १८६६ मा लण्डनमा भएको रोयल एसियाटिक सोसाइटीका पादरीहरूले आर्य शब्द नाक चुच्चो र गहुँ गोरो भएको मानिस भनेर आर्य शब्दलाई नश्लवाचक शब्द बनाएका थिए । इसाई पादरी र अतिवादीहरू बनाएको गलत परिभाषा टपक्क टिपेर नेपालका विदेशी दलालहरूले घृणा ओकलिरहेका छन् ।

२) आर्य शब्दको गलत परिभाषाले वैदिक धर्म र बौद्ध धर्मको मूल्य मान्यतामाथि प्रहार गरिरहेका छन् । ‘कृण्वन्तो विश्वमार्यम्’ (ऋग्वेद ९।६३।५) को अर्थ विश्वका सारा मानिसलाई गुण, स्वभाव र कर्मले सर्वश्रेष्ठ बनाऊ’ भन्ने उद्गारलाई आर्य शब्दलाई नश्लवाचक बनाएपछि विश्वभरका मानिसलाई नाक चुच्चो, विस्फारित आँखा र गहुँ गोरो बनाऊ भन्ने अर्थ लाग्छ । त्यसपछि यो श्लोकका अनुसार जसको नाक थेप्चो छ त्यसको प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ । जो काला छन्, तिनलाई वार्नेस घस्नुपर्ने हुन्छ । जसको आँखा चिम्सो छ त्यसको शल्यक्रिया गरेर ठूलो पार्नुपर्ने हुन्छ । मिल्यो त कुरो ?

गौतम बुद्धले भन्नुभएको ४ आर्य सत्य – दुःख, समुदाय, निरोध र मार्ग केवल नाक चुच्चो भएको बाहुन क्षेत्रीको लागि सीमित हुने भयो । मिल्यो त कुरो ?

३) ल भैगो । आर्य भन्ने शब्द प्रयोग नै नगरौं । तर ४ हजार वर्ष पहिले नाक चुच्चो र विस्फारित आँखा भएका मानिसहरू युरोपको ककेसियाबाट आएर यस भारतीय उपमहाद्वीपमा आक्रमण गरेर संस्कृत भाषा र वैदिक ग्रन्थको रचना गरेका हुन् भन्ने हो भने जुन ठाउँमा आक्रमण गरिएको थियो भनिएको छ, त्यहाँ त उत्खनन् गर्दा महादेवको पशुपति रूपको छाप कसरी फेला पर्‍यो ? वैदिक संस्कृति संस्कृत भाषा जस्तो समृद्ध भाषा बाटो आउँदा–आउँदै रचना गरे ? वेद, पुराण, रामायण, महाभारत बाटैमा कल्पना गर्दै रचना गर्दै आए ? पूर्वीय दर्शनका अध्येयता डेभिड फ्रलेले वेदाङ्ग ज्योतिषमा उल्लेखित विषुव (इक्विनोक्स) र अयनान्त (सोल्टिसेस) को अध्ययन गर्दा ४४ सय वर्ष अगाडिको फेला पारे । ऋग्वेद सबैभन्दा पुरानो हुने हुँदा ४४ सय वर्षभन्दा पनि अगाडिको हुने भयो । श्रुति परम्पराबाट एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको हुँदा कति वर्ष अगाडिदेखि यस उपमहाद्वीपबाट देखिने खगोलीय घटनाको अध्ययन गरिएको होला ? आफू आउनुभन्दा कम्तिमा ७०० वर्ष अगाडि भारतीय उपमहाद्वीपबाट देखिने खगोलीय पिण्डको अवस्थितिको कल्पना गरेर वैदिक ग्रन्थको रचना गरे होला भनेर पत्याउने कस्ता बुद्धिजीवी होलान् ?

४) आफ्नो मूल भूमि सबैलाई प्यारो हुन्छ । ककेसियाबाट त्यस्ता मानिसहरू यहाँ आएर वैदिक ग्रन्थको रचना गरेको भए ती ग्रन्थहरूमा किन यात्राको वर्णन भएन ? किन आफ्नो मूल भूमिको कुरा वैदिक ग्रन्थहरूमा लेखेनन् ? कि ४ हजार वर्ष पछाडि नेपाल भन्ने देशमा देखापर्ने फन्डितहरूले प्रश्न उठाउने छन् भनेर यात्रा वर्णन नै हटाउने निर्णय गरेर लेखेनन् ?

५) संस्कृत भाषा र वैदिक संस्कृति युरोपको ककेसियामा विकास भएको भए यो भाषा र संस्कृतिको अलि–अलि प्रभाव वा भग्नावशेष त हुनुपर्ने नि ! कि त्यहाँ १ जना पनि नछोडिकन सबै यतै आए ? मठ, मन्दिर, संस्कार, अनुष्ठान विधि, योग, साधना, आयुर्वेद सबै सिर्जना गर्ने ज्ञान एकैपटक यहीँ आइपुगेपछि पत्ता लगाएछन् ? उता ककेसियामा हुँदा थोप्पै केही गर्ने जानेनन् ?

यीबाहेक पटक–पटक गरिएको डीएनए परीक्षणको रिपोर्ट, ग्रन्थहरूको अध्ययन, नदी सम्बन्धी प्रमाण र पटक–पटक भएका उत्खननबाट प्राप्त प्रमाणले ‘आर्य’ आक्रमण सिद्धान्त हावादारी सावित गरिसकेको छ । तर नेपालका फोटोकपीधारी नेता भनौदाहरू, फन्डित समाज र कूबुद्धिजीवीहरू यसैलाई दोहोर्‍याइरहेका छन् । यिनैले लिपिबद्ध गर्ने लेख, भाषण सुनेर सामाजिक सञ्जालमा बाहुन क्षेत्रीहरू ककेसियाबाट आएका हुन् भन्ने घृणा ओकलिरहेका छन् ।

साढे ४ अर्ब वर्ष पुरानो पृथ्वीलाई ६ हजार वर्ष अगाडिको देख्ने र नोहले पृथ्वीभर पानी नै पानी भरिएको अवस्थामा ४ हजार वर्ष अगाडि ककेसिया पर्वत शृंखलामा पर्ने अरारत पर्वतमा डुंगा रोकेपछि मानिसको उत्पति भएको हो भन्ने तत्कालीन युरोपियनहरूको मानसिकता थियो । त्यसरी उत्पति भएका मानिसहरू नै ककेसियन हुन् । 

मानिसहरूको सबैभन्दा उच्च प्रजाति ककेसियन (श्वेत युरोपियन) हुन् भन्ने सन् १७७५ को जोहान फ्रेडरिक ब्लुमेनबाकको भनाई र उनैले नामाकरण गरेको ककेसियन (श्वेत), मंगोलियन (पहेंला), अमेरिकन (राता), इथियोपियन (काला) र मलायन (खैरा) गरी विश्वमा ५ नश्लका मानिस छन् भनेर मान्यता राख्नु र त्यही नामाकरणको आधा आफ्नो पहिचान स्थापना गर्न खोज्नु घातक हो ।  

क्रानियोमेट्री र फ्रेनोलोजी जस्ता छद्म विज्ञान प्रयोग गरेर नाकको उचाइ, खप्परको बनोटको आधारमा ककेसियन (श्वेत युरोपियन) लाई नै अत्यन्त दिमाग भएका, सभ्य र क्षमतावान बनाउन प्रयोग गरिएका भाष्य र नामाकरणलाई हामीले स्वीकार गर्नु र त्यसैको आधारमा आर्य ककेसियाबाट आएका, मंगोल मंगोलियाबाट आएका भनेर गरिने घृणावादी आरोप प्रत्यारोपले नेपालमा द्वन्द्वको विजारोपण गर्दैछ । 

सत्य कुरा बुझौं । आर्य भनेको नाक चुच्चो भएको बाहुन, छेत्री होइन । यो रोयल एसियाटिक सोसाइटीका पादरीहरूले सन् १८६६ मा भिडाएको परिभाषा हो । सम्पूर्ण मानवको पूर्खा एडम हो र नोहको डुंगा अरारत पर्वतमा बाँधेपछि सृष्टि भएको हो भन्ने जोहन फ्रेडरिक ब्लुममेनबाकले दिएको मंगोलियनको परिभाषा  नेपालका राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङमाथि जबरजस्ती लाद्न खोज्नु घातक हो ।  

नेपाल विविधतायुक्त मुलुक हो । नेपालका हरेक भाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण र प्रवद्र्धन हुनुपर्छ । विदेशी विधर्मीको नियोजित षड्यन्त्रद्वारा निर्मित परिभाषामा हिँड्ने हो भने हाम्रो भाषा, धर्म, संस्कृतिको संरक्षण होइन, विनाश चाहिँ अवश्यमभावी छ ।

घृणावादलाई परास्त गरौं । सहृदयताको सम्बन्धलाई प्रवर्द्धन गरौं । आखिर हामी सबै मिलेर बस्नुपर्ने नै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x