×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

अग्नि खरेललाई प्रधानन्यायाधीश जबराद्वारा प्रश्नको वर्षा, ७ प्रश्नमा यस्तो दिए जवाफ

असार १७, २०७८

NTC
Premier Steels

कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति गर्न परामादेश माग गरिएको रिटमाथिको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई लगातार ६ वटा प्रश्न गरेका छन् । संवैधानिक इजलासमा बिहीवारको सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले धारा ७६ (५) मा सांसदहरू स्वतन्त्र रहन्छन् कि रहँदैनन् भन्नेबारे प्रश्न गरेका हुन् ।

Muktinath Bank

बहसका क्रममा विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका खरेलले धारा ७६ (३)को प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उपधारा ५ अनुसारको सरकार बनाउन प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गरेको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जसपाका केही सांसदले हस्ताक्षर गरेपनि जसपाले राष्ट्रपतिलाई औपचारिक पत्र पठाएर समर्थन छैन भनिसकेपछि देउवालाई नियुक्त नगर्नु नै उपयुक्त भएको उनले दाबी गरे । त्यसपछि प्रधानन्यायाधीश जबराले पहिलो प्रश्न गरे


Advertisment
Nabil box
Kumari

तपाईंहरूको बहस निरन्तर सुनियो । रिट निवेदक पक्षले धारा ७६ (२) को प्रक्रिया पुगेर उपधारा ५ मा जाँदा दलीय ह्वीप लाग्दैन भन्नुहुन्छ ।

Vianet communication

दलबाहेक अन्य स्वतन्त्रको पनि समर्थन भन्ने कुरा हुन्छ ? स्वतन्त्र सांसदको कुरा छ नि ! 

खरेलको जवाफ– जो व्यक्ति जता जान पनि छुट भन्ने हुँदैन, दलीय अनुसाशन आकर्षित हुन्छ । ​

दोस्रो प्रश्न
कांग्रेस सभापति देउवाले अन्य पार्टी र सांसदहरू समेत १४९ सांसदको हस्ताक्षर बुझाएपछि उनको आधार नपुग्ने कारण के भयो ? 

खरेलको जवाफ : देउवालाई समर्थन गर्दा माओवादीले ७६ (५)को प्रधानमन्त्री बन्नका लागि दलको समर्थन रहेको भनेको छ । यदि व्यक्ति नै सर्वेसर्वा हुने भए पार्टीले किन पत्र पठाएर समर्थन गर्नुपर्‍यो ? 

तेस्रो प्रश्न 
प्रतिनिधि सभामा ४ जना स्वतन्त्र सांसद हुनुहुन्छ । दलले मात्र समर्थन गर्ने र स्वतन्त्र सांसदले समर्थन गर्न नपाउने हो भने स्वतन्त्र सांसदको भूमिका शून्य हुँदैन ? 

खरेलको जवाफ : दलीय व्यवस्थामा दलीय समर्थन चाहिन्छ । यदि सांसद स्वतन्त्र रहन्थ्यो भने किन ह्विप लगाउने कानून चाहिन्थ्यो ?

चौथो प्रश्न
राजनीतिक दलसम्बन्धी ऐनको कुरा धारा ७६ (५) मा आकर्षित हुन्छ ? धारा ७६ (५) स्वतन्त्र भनिएपछि अन्य धारा र ऐनसँग जोड्दा गलत हुन्न ? 

खरेलको जवाफ : यदि देउवासँग बहुमत थियो भने त धारा ७६ (२) को बेला प्रधानमन्त्री बनेको भए हुन्थ्यो नि !

पाँचौ प्रश्न
आफ्नो पार्टीका सांसदको समर्थन छैन भनेर पार्टीले उजुरी दिएको छ । धारा ७६ (५)को प्रक्रिया शुरू भएपछि उजुरी दिन पाउनेबारे दलीय कानूनमा केही लेखेको त छैन ।

खरेलको जवाफ : कल्पना नगरिएको कानून अनुसार देउवाले गर्न मिल्ने । संसदीय दलमा ह्वीप लागेको उजुरी गर्न नपाइने भन्ने पनि त संविधानमा लेखिएको छैन । परिस्थितिजन्य कुरा हो । 

छैटौं प्रश्न
धारा ७६ (५) राष्ट्रपतिले दुवैको दाबी पुगेन भनेर नियुक्त नगर्ने कुरा सही हो ? या कागज, या समर्थन गर्ने व्यक्तिलाई बोलाएर सनाखत गर्नुपर्ने होइन ? 

खरेलको जवाफ : राष्ट्रपतिको काम, कर्तव्य र अधिकार हो । कागज नै गडबड भएपछि सांसदलाई बोलाउनै पर्दैन ।

सातौं प्रश्न 
धारा ७६ (५) मा ह्वीप लाग्ने नै हो ? 

खरेलको जवाफ: संविधान सभामा ह्वीपबारे लामो बहस भएको थियो । अन्तिममा ह्वीप लाग्यो ।

अहिले मानौं, जसरी देउवाले एमालेका सांसदको हस्ताक्षर लिनुभयो, ओलीले कांग्रेसका सांसदको समर्थन पाउन खोज्नुभयो भने के हुन्छ ? दलीय अनुशासन भन्ने हुँदैन ? 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x