×

NMB BANK
NIC ASIA

राजनीति

एमाले केन्द्रीय कमिटी शुक्रबार : माधव नेपाल पक्ष सहभागी नहुने, बैठक नरोकिने

असार १७, २०७८

NTC
Premier Steels

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुक्रवार बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको बैठक बस्न लागेको हो ।

Muktinath Bank

एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पूर्व निर्धारित कार्यतालिका अनुसार शुक्रवार केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिए । उनले भोलिको बैठकमा माधव नेपाल पक्ष पनि सहभागि हुने विश्वास व्यक्त गरे । ‘केही टेक्निकल विषय छन, ती सम्वोधन हुन्छन्’ तामाङले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले पुरानै कमिटी ब्यूँताउँदै शुक्रवारका लागि बैठक बोलाएको थियो । तर बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेलाले भोलिका लागि बोलाइएको बैठकमा सहभागि नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने आफूहरुको निश्कर्ष रहेको रावलले बताए । यसअघि नेपाल पक्षले गत फागुन २८ गते गरेका निर्णय सच्चाएर जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएको थियो । नेपाल पक्षको माग बमोजिम हिजोको बैठकले २०७५ जेठ २ अघिकै केन्द्रीय कमिटी व्युताउँदै भोलि शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

Vianet communication

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएसँगै माधव नेपाल पक्षका नेताहरूमाथि गरिएको कार्वाही निष्प्रभावी भएको थियो । कर्णाली प्रदेशमा माओवादी सरकार बचाउन फ्लोर क्रस, बागमती प्रदेशमा बागी उम्मेदवार खडा गरेको तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपाल पक्षका नेताहरूमाथि कार्वाही भएको थियो ।

संस्थापन पक्षका एक नेताले भोलिको बैठकमा नेपाल पक्षका नेताहरु पनि सहभागि हुने विश्वास व्यक्त गरे । महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि एमालेको दोस्रो तहका नेताहरुबीच बिहीवार र शुक्रवार पनि छलफल भएको छ ।

भोलिको बैठकले महाधिवेशनको विषयमा केही निर्णय लिने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x