२६ जेठ २०८३, मंगलबार

कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बने मेस्सी

असार २७, २०७८
कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बने मेस्सी

कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

उनले २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि दिलाए।

माराकाना रंगशालामा आइतबार बिहान घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको थियो।

कोलम्बियाका लुइस डियाजलाई उछिन्दै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट समेत गरेका थिए। डियाजले पनि ४ गोल गरेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्