×

NMB BANK
NIC ASIA

लोकान्तर खोज : भाग- ३

नियम र वरीयता लत्याउँदै कनिष्ठलाई विभागीय प्रमुखमा नियुक्ति, त्यसपछि कार्यविधि संशोधन !

असार २७, २०७८

NTC
Premier Steels

नेपाल वायु सेवा निगमको अपरेशन विभागमा क्याप्टेन दीपुराज ज्वार्चनलाई योग्यता नपुगी निर्देशक बनाएको पाइएको छ ।

Muktinath Bank

२०७६ भदौ ११ गते फ्लाइट अपरेशन विभागको निर्देशक पदमा नियुक्त गरिएका ज्वार्चनको नियुक्ति नै गैरकानूनी रहेको तथ्य फेला परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाइलटहरूलाई उडानको अवसर दिने क्रममा भेदभाव गरेको, विदेशी पाइलटहरूलाई बढी मौका दिएको र उनीहरू (विदेशी पाइलट)लाई पारिश्रमिक दिने क्रममा आयकर समेत कट्टा नगरेको आदि बेथितिमा संलग्न रहेको आरोप लागेका ज्वार्चनको नियुक्तिमै प्रश्न उठेको हो ।


Advertisment
Nabil box
Kumari

योग्यताविपरीत नेपाल नागरिक उड्डयन प्राधिकरणले नियुक्ति दिएपछि उनको नियुक्तिलाई वैध ठहर्‍याउनपछि आएर कानून संशोधन गरेको भेटिएको छ ।

Vianet communication

उक्त पदमा नियुक्त गर्नका लागि शुरूमा नै अन्तर्वार्ता र अन्य परीक्षा लिनुपर्नेमा पहिला नियुक्ति दिएर पछि मात्र यी प्रक्रिया औपचारिकताका लागि गरेको समेत पाइएको छ ।

वायु सेवा निगममा यस्तो छ​ ज्वार्चनको यात्रा

ज्वार्चनलाई नेपाल वायु सेवा निगमले २०६४ असोज २८ गते को-पाइलटको तालिममा छनोट गरेको थियो।

२०६४ पुस १९ गते उनलाई निगमले जुनियर को-पाइलटमा नियुक्त गरेको थियो। २०७२ असार २४ गते उनलाई जुनियर को-पाइलटबाट जुनियर क्याप्टेन पदमा बढुवा गरेको थियो। २०७५ पुष ४ गते उनलाई निगमले क्याप्टेन पदमा बढुवा गरेको थियो।

निगमका कर्मचारीहरूको सेवा, शर्तसम्बन्धी विनियमावली,२०५८ को नियम ३३ अनुसार २०७६ असार ३१ गते तत्काल लागू हुने गरी बढीमा ६ महिनाका लागि अपरेशन विभागको निर्देशक पद (दशौं तह)मा  कायम गरिएको थियो । सोहि नियमको उपनियम १ (ख)मा निगमको विभागीय प्रमुख, कार्यालय प्रमुख, महाशाखा प्रमुख र उड्डयन सेवातर्फ चेयर होल्ड गर्ने प्रबन्धकको पदमा कार्यकारी प्रमुखले कायम मुकायम नियुक्ति गर्न सक्ने उल्लेख छ। उक्त विनियमबमोजिम कायम मुकायम तोक्दा गर्दा बढीमा ६ महिनासम्मका लागि गर्न सक्ने कुरा उपनियम (२) मा उल्लेख गरिएको छ ।

त्यसैगरी उपनियम(३) मा उपनियम (१) बमोजिम कायम मुकायम मुकरर गर्दा सम्बन्धित सेवा, समूह वा उपसमूहको पदमा कार्यरत कर्मचारीहरू मध्येबाट ज्येष्ठता, योग्यता तथा कार्यक्षमताको आधारमा कायम मुकायम मुकरर गरिने पदभन्दा एक तहमुनिको कर्मचारीलाई गर्नुपर्ने उल्लेख छ ।

उक्त कानूनी व्यवस्था अनुसार निगममा त्यतिबेला ज्वार्चनको वरियता १३ औं स्थानमा थियो।

नियुक्त गरिएको मिति अनुसार वरीयताक्रम क्रमश: यस्तो थियो– महेश्वर मान डंगोल, विजय लामा,  समझकुमार श्रेष्ठ, श्रवण रिजाल, सजल कुइँकेल, नरसिंह राणा, प्रदीपराज भण्डारी, श्यामकृष्ण देउजा, रवीन्द्रकुमार शेरचन, सुवास रिजाल, सोनी राणा, यमप्रसाद ज्वार्चन, लालबहादुर थकाली, नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र हिरा थापासहित कुल १२ जना कर्मचारीहरू ज्वार्चनभन्दा सिनियर थिए।  

१३ औं स्थानमा रहेका ज्वार्चनभन्दा तीनजना कर्मचारी मात्र सो पदमा जुनियर थिए- प्रशान्त राई, योगेश हिराचन र उज्ज्वल सिलवाल ।

त्यसपछि २०७७ माघ ७ गते ९औं तहमा कुल १९ जना कर्मचारीहरू बढुवा भएका त्यति बेला ज्वार्चन १९औं स्थानमा थिए। उनीभन्दा माथि १८ जना कर्मचारीहरू थिए। दीपक नरसिंह राणा, महेश्वारमान डंगोल, समझकुमार श्रेष्ठ, प्रदीपराज भण्डारी, श्यामकृष्ण धेवाजु, विजय लामा, सुभाष रिजाल, सोनी राणा, यमप्रसाद ज्वार्चन, सर्वन रिसाल, लालबहादुर थकाली, नरबहादुर विश्वकर्मा, अनुप मानन्धर, राजेश कुशवाहा, संजय वैद्य, गृष्मा श्रेष्ठ, उज्जल सिलवाल ज्वार्चन भन्दा सिनियर थिए।

गैरकानूनी नियुक्ति तथा नियमविपरीत कार्यविधि संशोधन

नेपाल वायु सेवा निगमको कर्मचारी, सेवा, शर्तसम्बन्धी विनियमावली, २०५८ को नियम ३३ मा रहेको कायम मुकायमसम्बन्धी व्यवस्थाविपरीत कार्यविधिमा ज्वार्चनको योग्यतासँग मिल्ने गरी अपरेशन म्यानुअल संशोधन गरिएको थियो। सोही संशोधनको आधारमा ज्वार्चनलाई अपरेशन विभागको प्रमुखको रुपमा गरिएको नियुक्ती गैरकानूनी रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

उनको नियुक्ती गैरकानूनी तरिकाले गरिएको भन्ने उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्नका लागि केन्द्रका प्रहरी उपरीक्षक राजेन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल, शाखा अधिकृत भावना पुडासैनीसहित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले गरेको छानबिनबाट पनि उनको नियुक्ति गैरकानूनी देखिएको छ।

'नियुक्त गर्ने भन्ने कुनै निर्णय समेत भएको देखिँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनको अन्तर्वार्ता नहुँदै वायु सेवाबाट नियुक्त हुनु तथा त्यसपछि मात्र प्राधिकरणबाट अन्तर्वार्ता लिई नियुक्त गरिएको मितिदेखिको बढुवा सदर गर्नु नियमसंगत देखिएन,' केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ।

ज्वार्चनको वरीयता हेर्दा १९ औं नम्बरमा रहेको, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कारवाही समेत भएको देखिएको अवस्थामा निजको अपरेशन विभागको प्रमुखमा भएको नियुक्ति वैधानिक नदेखिएको प्रतिवेदनमा उल्लेख छ।  

'कुनै व्यक्तिका लागि मिल्ने खालको प्रावधान राखी नियमविपरीत कार्यविधि संशोधन गरी सोही अनुसार विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने पदाधिकारी तथा संशोधनलाई प्रमाणित गर्ने प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई कानूनबमोजिम कारवाही गर्न र नियमविपरीत बढुवा भई लिएको रकम समेत सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्न प्राधिकरणलाई निर्देशन दिन मनासिव हुने देखिन्छ,' छानबिन प्रतिवेदनमा थप लेखिएको छ।

हवाई नियम उल्लङ्घन गर्दा ५ हजार जरिवाना

ज्वार्चनले काठमाडौंबाट भारतको दिल्लीका लागि  निगमको जहाज उडाउने बेलामा हवाई कानूनको उल्लंघन गरेका कारण उनलाई प्राधिकरणले ५ हजार रुपैयाँ जरिवाना समेत गरेको थियो। दिल्ली पुगेर जहाज अवतरण गर्दा खराब मौसममा पनि अवतरण गराएका कारण उनलाई कारवाही गरिएको थियो। क्याट-२ सिस्टममा जानुपर्नेमा क्याट-१ मै गएकाकारण प्राधिकरणले ५ हजार रुपैयाँ जरिवाना गरेको ज्वारचनले समेत स्वीकार गरेका छन्।

'मुख्य चालक विजय लामा र म सहचालक भएको जहाजलाई दिल्लीमा अवतरण गराउनका लागि चाहिने भिजिबिलिटी ५ सय ५० मिटरभन्दा पनि कम भएको अवस्थामा अवतरण गराइएको भनेर प्राधिकरणमा उजुरी परेको थियो,' ज्वार्चनले लोकान्तरसँग भने, 'तर, हामीले क्याट-१ सिस्टमअन्तर्गत नै अवतरण गरेका थियौं, जरिवाना तिराइसकेपछि हामीले स्पष्टीकरण पनि दिएका थियौं।'

५५० मिटरदेखि ६०० मिटरसम्मको भिजिबिलिटीलाई क्याट १ भनिन्छ भने त्यसभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई क्याट-२ भन्ने गरिन्छ।

'कम भिजिबिलिटी भयो भने अवतरण गराउनका लागि थप अनुभव र थप तालिम चाहिन्छ,' ज्वार्चनले लोकान्तरसँग भने, 'म सँग त्यसका लागि थप तालिम र अनुभव नभएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले म सहित मुख्य क्याप्टेन लामालाई जनही ५/५ हजार रुपैयाँ आर्थिक जरिवाना गराएको थियो ।'

पछि त्यहाँको मौसम उजुरीमा उल्लेख गरिएको जस्तो खराब नरहेको भनेर दिल्लीको एयर ट्राफिक कन्ट्रोलरको लिखित रिपोर्ट पनि बुझाएको उनले बताए।

अपरेसन डाइरेक्टरको पदमा कार्यरत रहेका व्यक्तिले निर्धारित समय तालिकाअनुसार हवाई उडान गर्न अनुमति पत्र लिएर उडाउने काम गर्ने गर्छ।

त्यसबाहेक पाइलट, एयर होस्टेस, फ्लाइट अपरेसन इन्जिनियर, फ्लाइट डिस्प्याचरसहितलाई तालिम दिने काम पनि फ्लाइट अप्रेसन डाइरेक्टरको हुने गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x