२७ जेठ २०८३, बुधबार
नयाँ सरकार गठनको तयारी

देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले  राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको तयारी भएको छ।

देउवालाई प्रधानमन्त्री बनाउने र अन्य विषयमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गर्ने तयारी भइरहेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए।

उनले सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्ने बारेमा नेताहरुबीच कुराकानी भएको बताएका छन्। 

राष्ट्रपति कार्यालयले मंगलवार ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको जनाएको छ।

देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्चले दिएको समय आज साँझ पाँच बजे सकिँदैछ। 

 

salt training

कमेन्ट गर्नुहोस्