कस्तो रहला आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहीबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
यसैगरी बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


Advertisement

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भने  भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्