×

NMB BANK
NIC ASIA

सत्ता गठबन्धन भत्काउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

साउन ९, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् । 

Muktinath Bank

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाइ बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरूले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको प्रचण्डले बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दैै उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहे पनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भइरहेको उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

‘सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरूबीच कतै छिद्र  छ कि ? कांग्रेस र कम्युनिष्ट भँडाउन सकिने हो कि ? एमालेभित्र चलिराखेको छ नि फरमानको फरमान । एमसीसी अगाडि सारेर हुन्छ कि ? आईपीएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भइरहेको बुझ्न जरुरी छ,’ उनले भने ।  

Vianet communication

अध्यक्ष दाहालले संसद् विघटनविरुद्ध एकैठाउँ उभिएका एमाले नेता भीम रावलको राजीनामा प्रकरण पनि सत्ता गठबन्धनलाई भत्काउने षड्यन्त्र भएको जिकिर गरे । 

‘संसद् विघटनविरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरू पनि ढले,’ उनले भने, ‘त्यो त्यत्तिकै ढलेको होइन । त्यहाँभित्र गम्भीर षड्यन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भयो ।’

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्रोसँग पछारिए पनि कमजोर ठानिहाल्ने अवस्था नरहेको बताए । 

उनले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती रहेको उल्लेख गर्दै मन्त्रीहरूलाई लापरबाही गर्ने कुनै छुट नभएको स्पष्ट पारे । ‘यो बाँकी अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नु पर्नेछ,’ उनले भने, ‘हुुन त सरकारले जनताको जीवन सुरक्षाका लागि कोरोना खोपलाई प्राथमिकता दिएर राम्रो कामको शुरूवात गरेको छ । तर, अब यो राष्ट्रलाई नै क्याप्चर गरेर निरंकुशता लाद्न ओली नेतृत्वको सरकारले गरेको सेटिङलाई कानून र संविधानसम्मत ढंगले परास्त गर्दै अघि बढ्नुपर्ने हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x