×

एमसीसीसँग भएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न भीम रावलको माग

साउन १५, २०७८

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग केही गोप्य सम्झौता गरिएको दाबी गर्दै ती सदनमा पेश गर्न माग गरेका छन् । 

स्वयं अमेरिकी मन्त्रीहरूबाट एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनिरहेको समयमा नेपालका अधिकारीहरूले होइन भन्नु हास्यास्पद भएको उनको भनाइ छ । 


Advertisment

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेता रावलले एमसीसीसँग गरिएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न माग गरेका हुन् । 


Advertisment

‘अमेरिकी मन्त्रीहरूले नै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनेर वक्तव्य दिइरहेका छन् । अमेरिकी मन्त्री अधिकारिक हुन् कि नेपालका व्यक्तिहरू ?,’ रावलले भने, ‘देश विशेषसँग अनुदान लिनु हुँदैन भनेर भनेको छैन, देशलाई सामरिक गठबन्धनमा घिसार्ने काम गर्नु हुँदैन । एमसीसी संसदबाट अनुमोदन नहुँदै मन्त्रीबाट गरिएको सम्झौताको प्रतिलिपि प्रतिनिधि सभाका सदस्यले अनुमोदन गर्न पाउनु पर्छ ।’

रावलले नेपालका लागि अमेरिकी राजदूतबाट एमसीसी अनुदान होइन लगानी हो भनेकोले पनि वैदेशिक लगानीअनुसार व्यवहार गर्नुपर्ने उनले बताए । नेपालको संविधानभन्दा अरू देशको कानून माथि हुन नसक्ने भन्दै रावलले यो अनुदानबाट देशको कायापलट हुन्छ भनेर भ्रम नबाँड्न आग्रह गरे । 

‘एमसीसीसँग भएका सम्झौता यहाँ प्रस्तुत गरियोस्, त्यहाँ भएका राष्ट्रिय हित र स्वाभिमानविपरीतका कुरा स्वीकार्य हुँदैन, अनुदान हो भने निःस्वार्थ हुनुपर्छ, एउटा कम्पनीको अधिनमा हाम्रो भूमि कब्जा हुने कुरा स्वीकार्य हुँदैन,’ रावलले भने ।  

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गते प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले सांसद भीम रावलले राजीनामा फिर्ता पछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् ।

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x