बाल अस्पताल निर्माणका लागि सानिमा बैंकले १ करोड रुपैयाँ सहयोग गर्ने

सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड्स हेल्थलाई बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।


Advertisement

समझदारी पत्रमा हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरेका छन्।


Advertisement

बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्