×

NMB BANK
NIC ASIA

नबिल बैंक र डीभी एक्सिलसबीच कृषि कर्जा सम्झौता

साउन १६, २०७८

NTC
Premier Steels

खेती एपमा आबद्ध भएर व्यवसायिक कृषिमा काम गरिरहेका किसानले अब नबिल बैंकबाट सजिलै कर्जाको सुविधा पाउने भएका छन्।

Muktinath Bank

यसका लागि नबिल बैंक र डीभी एक्सिलस (खेती एप)बीच सम्झौता भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुलाई लागि कृषि साधन, रसायन, मेसिनरी खरिदका लागि सहज वित्तीय सेवा दिन  सम्झौता गरिएको दुवै संस्थाले जनाएका छन्। सम्झौतापत्रमा नबिल बैंकका सीइओ अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन्।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, प्रमुख एसएमई तथा लघुवित्त निरज बस्नेत, डीभी एक्सिलसका मुख्य संचालन अधिकृत किरण नायर, मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईलगायतको उपस्थिति थियो। नबिलका प्रमुख कार्यकारी अधिकृत शाहले दिगो बैकिङलाई प्राथमिकता दिइरहेको नबिलले कृषि क्षेत्रमा लगानी गरेर दिगो विकासलाई सहयोग पुर्‍याउने बताए।

Vianet communication

‘देशको कुल गार्हस्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र कृषि हो। हामी डीभी एक्सिलसगको यस सहकार्यमा कृषकहरुको आवश्यकता अनुसार कर्जा दिएर उत्पादन क्षमता बढाउदै आर्थिक विकासमा सघाउन चाहन्छौं,' उनले भने, 'समाजमा स्वस्थ र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्‍याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं।’ यस रणनीतिक साझेदारीले किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न सजिलो हुने जानकारी कार्यक्रममा दिइयो। 

सहकार्य अन्तर्गत खेती एपको माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ। उक्त एपमा दर्ता भएका किसानले नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन्। डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले आफ्नो संस्थाले किसानलाई खेती एपका माध्यमबाट सेवा दिइरहेकोमा अब किसानले डिजिटल माध्यमबाट कर्जा पाउन अझ सहज हुने बताए।

‘यो सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट किसानहरुलाई सहजै वित्तीय पहुच प्रदान गर्नु हो, जसले साना कृषकहरुलाई नवीनतम टेक्नोलोजी, उपकरण, मसिनरी, प्रविधि र साधनको उपयोगलाई प्रोत्साहित गर्दछ,’ उनले भने ।

३७ वर्ष पुगेको मुलुकको अग्रणी वाणिज्य बैंक नबिलका देशभर १ सय ३५ वटा शाखा कार्यालयहरु छन्। डीभी एक्सिलस प्रालि एक कृषि खाद्य प्रविधि कम्पनी हो। यसले व्यवसायिक कृषिको क्षेत्रमा काम गरिहेको छ। यसले खेती एपबाट किसानलाई आफ्नो सञ्जालमा जोडेको छ। कृषि उपजको उत्पादन बढाउन र त्यसको बजार सुनिश्चित गर्न सघाएको छ। उक्त एपमा १० हजार किसान, ३ हजार उपभोक्ता, एक सयभन्दा बढी रेस्टुरेन्ट र होटलहरु आबद्ध भइसकेको जनाइएको छ।   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x