जर्मनीका अलेक्जेन्डर जभेरेभले जिते टेनिसमा ओलम्पिक स्वर्ण पदक

जर्मनीका खेलाडी अलेक्जेन्डर जभेरेभले टोक्यो ओलम्पिकमा पुरुष टेनिसतर्फ स्वर्ण पदक जितेका छन् । 


Advertisement

आइतवार सम्पन्न फाइनलमा आरओसीका करेन खाचानोभलाई ६–३ ६–१ को सोझो सेटमा पराजित गरी जभेरेभले स्वर्ण पदक पाएका हुन् । 


Advertisement

सेमीफाइनलमा महान् खेलाडी नोभाक जोकोभिचलाई हराएर सनसनी मच्चाएका जभेरेभले स्वर्ण पदक हात पारेर देशलाई थप एक स्वर्ण दिलाएका हुन् । 

यसअघि महिला टेनिसमा स्विट्जरल्यान्डकी बेलिन्दा बेनचिचले स्वर्ण पदक जितेकी थिइन् ।  


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्