कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
साउन १७, २०७८
नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व फिजियोथेरापिस्ट सुरज भुसाल 'अर्थोप्लास्ट स्पोर्ट्स रिह्याब सेन्टर'का मेडिकल निर्देशक हुन् ।
खेलका क्रममा घाइते हुने खेलाडीहरू शल्यक्रियापश्चात विदेशमा नै महिनौंसम्म रिह्यब सेन्टरमा बसेर फिजियोथेरापी गराउनुपर्ने बाध्यता रहेको अवस्थामा उनले नेपालमै पनि त्यो सुविधा उपलब्ध गराउँदै आएका छन् ।
राज्यको थोरैमात्र ध्यान गएमा विदेशकै जत्तिको सुविधासम्पन्न नभएपनि विदेश जानै नपर्ने खालको फिजियोथेरापी सेन्टर नेपालमै बनाउन सकिने अवधारणा उनको छ ।
भुसालका अनुसार राष्ट्रिय भलिबल टीमकी खेलाडी प्रतिभा माली घाइते हुँदा उनैले फिजियोथेरापी गराएका थिए ।
नेपालमा खेलाडीहरूको स्वास्थ्यका विषयमा सम्बन्धित निकायको उचित ध्यान नगएको बताउने उनले ओलम्पिक खेलका लागि जापान गएको नेपाली टोलीमा मेडिकल टीमको एक जना पनि सदस्य नपरेकोमा आश्चर्य व्यक्त गरे ।
जबकि ५ जना खेलाडी सहभागी हुने खेलका लागि सांसद, नेता र कर्मचारी गरी १६ जना अफिसियल जापान भ्रमणमा गएका थिए ।
हामीले खेलाडीबाट पदकको आशा गर्ने तर खेलाडीको स्वास्थ्यका सम्बन्धमा सम्बन्धित निकायले थोरै पनि ध्यान नदिने गरेको कुराको यो गतिलो उदाहरण हो ।
हरेक खेल र हरेक प्रतियोगितामा फिजियोथेरापिस्टको व्यवस्था हुनुपर्ने नीतिगत व्यवस्थाका लागि समेत पैरवी गरिरहेका भुसालसँग लोकान्तरकर्मी विश्वास खनालले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश उनकै शब्दमा :
फिजियोथेरापी मेडिकल साइन्सको एउटा अत्यन्त महत्त्वपूर्ण विधा हो, जसमा विना औषधि विद्युतीय उपकरणको माध्यमबाट र व्यायामको माध्यमबाट विभिन्न हाडजोर्नी, नशा तथा अन्य रोगलाई निको पार्ने काम गरिन्छ ।
यसको महत्त्वपूर्ण भूमिका देशमा मात्र नभएर विदेशमा पनि रहेको छ । त्यसैले अहिले जनमानसमा पनि यसको व्यापक प्रभाव रहेको छ ।
जब म सन् २०१३ मा भारतबाट मास्टर डिग्री पास गरेर नेपाल आएँ, त्यसलगत्तै नेपालको राष्ट्रिय फूटबल टीममा मैले फिजियोथेरापिस्टको भूमिका निर्वाह गर्ने मौका पाएँ । त्यसका लागि म अखिल नेपाल फूटबल संघलाई विशेष धन्यवाद दिन चाहन्छु ।
त्यसरी मैले आफ्नो कामको शुरूआत गरेर चार वर्षे कार्यकाल सकाएँ । विगत दुई वर्षदेखि नेपालकै पहिलो खेलकुद पुन:स्थापना केन्द्र शुरू गरेर त्यसैमा क्रियाशील छु । आमखेलाडी र साथी सर्कललाई खेलकुद जगतमा फिजियोथेरापीको अहम् भूमिका रहेको कुरा बुझाउनका लागि पुन:स्थापना केन्द्र शुरू गरेको हुँ। यसमा अझ सजिलोका लागि ब्रान्ड एम्बास्डर राष्ट्रिय फूटबल टीमका कप्तान किरण चेम्जोङलाई बनाएको छु ।
फिजियोथेरापी खेलकुदको अभिन्न अंग हो, चाहे त्यो व्यक्तिगत खेल होस् या समूहगत खेल । उदाहरणका लागि चाहे शूटिङको खेलाडी होस् वा स्विमिङको खेलाडी, जसलाई पनि फिजियोथेरापिस्टको आवश्यकता पर्न सक्छ । एउटा खेलाडीको खेलजीवनलाई लम्ब्याउनका लागि पनि फिजियोथेरापिस्टको आवश्यकता पर्छ, तर नेपालमा वर्तमान समयमा ग्रुप खेलमा मात्र फिजियोथेरापिस्ट राखिएको पाइन्छ ।
मेरो बुझाइमा भन्ने हो भने अहिले नेपालमा फूटबल र अर्को क्रिकेटमा मात्र फिजियोथेरापिस्ट राखिएको छ । तर मैले भलिबलका लागि ताकेता गर्दागर्दा एकजना फिजियोथेरापिस्ट राखिएको छ तर विडम्बना कोरोनाका कारण त्यो खेल नै हुन पाएन । प्रतिभा माली घाइते हुँदा मेरै पुन:स्थापना केन्द्रबाट ठीक भएर जानुभयो । अहिले खेल जीवनमा फर्कन सफल हुनुभयो । यसले पनि उहाँहरूलाई फिजियोथेरापिस्ट राख्नुपर्छ भन्ने भान भएर आफ्नो टीममा कुरा राख्नुभयो ।
आजको दिनमा मेरो चाहना भनेको नेपालको हरेक खेलकूद कार्यक्रममा फिजियोथेरापिस्ट हुनुपर्छ, चाहे त्यो व्यक्तिगत खेल होस् या समूहगत खेल । यो सन्देश म दिन चाहन्छु, चाहे त्यसका लागि अझै दश/पन्ध्र वर्ष नै किन नलागोस्, म यसका लागि स्वत:स्फुर्त प्रयास गरिरहनेछु । मेरो जीवनकालमा कम्तिमा पनि बीस-तीसवटा खेलमा फिजियोथेरापिस्ट पनि राखियोस् भन्ने चाहना छ ।
मैले फूटबलमा फिजियोथेरापिस्ट भएर चार वर्ष काम गर्दैगर्दा नेपालमा एउटा पनि पुन:स्थापना केन्द्र नभएको पाएँ । यो खेलाडीका लागि अत्यावश्यक कुरा हो ।
म एन्फाका अग्रजहरूलाई के आग्रह गर्न चाहन्छु भने खेलाडीका लागि एउटा खेलकुद पुन:स्थापना केन्द्रको अति आवश्यकता छ । यसले एउटा खेलाडीको खेलजीवन लम्ब्याउन मद्दत मिल्नेछ भने घाइते हुनबाट बच्न के गर्नुपर्छ भन्ने कुरा पनि सिकाउँछ । खेलाडी घाइते भएर खेल जीवनबाट नै सन्यास लिन बाध्य हुनुपर्ने बाध्यतालाई यसले केही हदसम्म भएपनि कम गर्छ भन्ने विश्वास मैले लिएको छु ।
अहिले पनि हाम्रा खेलाडीहरू घाइते हुँदा कतार गएर अप्रेसन गराएर उतै आठ/दश महिना पुन:स्थापना केन्द्रमा बसेर आउनुपर्ने बाध्यता रहेको छ । कतारकै लेभलको नभए पनि एउटा राम्रो पुन:स्थापना केन्द्रको अति आवश्यकता रहेको छ ।
अहिले भइरहेको ओलम्पिक खेलका लागि छिमेकी राष्ट्र भारतबाट एक सय सन्ताउन्न खेलाडी भाग लिन जाँदा करीब पचासदेखि साठी जना मेडिकल स्टाफ गएका छन् ।
तर दुर्भाग्यवश भन्नुपर्छ, हाम्रो देशबाट ओलम्पिकका लागि ५ जना मात्र खेलाडी भाग लिन जाँदा १६ जना त अफिसियल नै गए । मेडिकल टीमका एकजना पनि गएनन् । यस्तो हुनुहुँदैन ।
मेडिकल टीम नलाग्दाको घाटा के हो त्यो बुझ्न जरुरी छ । खेलाडीमा पनि यसको ठूलो असर परिरहेको हुन्छ । उनीहरूमा मानसिकदेखि शारीरिक दुईवटै असर परिरहेको हुन्छ, त्यतातिर ध्यान दिन जरुरी छ ।
कोरोनाअगाडि मात्रै हाम्रो देशमा साग भयो । त्यसको हरेक प्रतियोगितामा उनञ्चालिस फिजियोथेरापिस्ट थिए । सागमा नेपाल नै आयोजक राष्ट्र थियो । त्यत्रो कार्यक्रम सञ्चालन गरेका पदाधिकारीले अहिले ओलम्पिकमा चाहिँ फिजियोथेरापिस्टको भूमिका छैन भन्ने त बुझेनन् होला ! आफ्नो राष्ट्रमा हुँदा फिजियोथेरापिस्ट चाहिने तर अरू देशमा चाहिँ आफैँले लोभ गरेर आफैँ भ्रमणमा जाने संस्कृतिले यो ओलम्पिकमा मेडिकल टीम नलगेको हुनुपर्छ ।
२०१३ को साफ च्याम्पियनशिप जब नेपालमा भएको थियो त्यसबेला नेपाल र पाकिस्तानबीच खेल हुँदा अनिल गुरुङ घाइते भए । मैले नै अनिल गुरुङलाई फिजियोथेरापी सेवा दिएर निको पारें । उनी भोलिपल्ट नै नेपाल-भारत बीचको खेलका लागि तयार भए । गोल गर्न पनि सफल भए । त्यो खेलमा २ - १ को अन्तरले विजयी नेपाल २० वर्षको अन्तरालमा भारतलाई हराउन सफल भएको थियो ।
यसरी खेलाडीलाई र प्रत्येक खेलमा फिजियोथेरापिस्टको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ । यदि खेलकुद जगतमा कुनै पनि खेलकुद संघले मबाट फिजियोथेरापिस्टको सेवा चाहन्छ भने म राष्ट्रका लागि न्युनतमभन्दा न्युनतम ज्यालामा हरेक प्रतियोगिताका लागि सेवा गर्न तयार छु । फिजियोथेरापिस्ट पठाउन तयार छु । तर उहाँहरूले फिजियोथेरापिस्टको भूमिकालाई बुझिदिनुपर्यो । मेरो भनाइ यत्ति हो ।
नेपालमा एउटा खेलकुद पुन:स्थापना केन्द्रको कम्प्लेक्स नै हुनु जरूरी छ । अहिले कोलोनीहरू जसरी विकास भैरहेको छ, त्यस्तै एउटा खेलकुद पुन:स्थापना केन्द्रको कोलोनी होस् । एकजना खेलाडी घाइते भैसकेपछि धेरै ठाउँमा भौँतारिन नपरोस् । त्यहाँ भित्र छिरेपछि ढुक्क साथ बस्न सकोस् र निको भएर मात्र फर्कियोस् ।
यस्तो किसिमको खेलकुद पुन:स्थापना केन्द्रको परिकल्पना मैले गरेको छु । राखेपमा अहिले सानो फिजियोथेरापिस्ट विभाग चाहिँ छ, तर त्यतिले मात्र पुग्दैन । त्यसका लागि एउटा ठूलो खेलकुद पुन:स्थापना केन्द्रको आवश्यकता परिसकेको छ । त्यसका लागि यदि सरकारले या संघले जोसुकैले मलाई काम गर्ने जिम्मा दिँदै दश रोपनी जग्गा र ५ करोड बजेट उपलब्ध गराउँछ र एउटा टीम दिन्छ भने म मेरो परिकल्पनाअनुसार खेलाडीका लागि एउटा खेलकुद पुन:स्थापना केन्द्र कम्प्लेक्स तयार गर्न सक्छु ।
हेर्नुहोस्, भिडियो :
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...