×

NMB BANK
NIC ASIA

माधव नेपाल पक्षका नेताहरूले भने– आजको बैठक पार्टी विभाजनका लागि होइन

साउन २१, २०७८

NTC
Premier Steels

नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टी विभाजनको निर्णय गर्नका लागि नभएको बताएका छन् ।

Muktinath Bank

माधव नेपाल पक्षका सचिव भीम आचार्यले १० बुँदे सहमतिको आधारमा पार्टी एकता गरिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेताहरूका व्यक्तिगत विमति होलान्, तर १० बुँदे सहमतिलाई आधार मानेर छलफल गर्नुपर्छ,’ केन्द्रीय कमिटीको बैठकमा प्रवेश गर्नुअघि लोकान्तरसँग कुरा गर्दै आचार्यले भने, ‘हाम्रा शत्रुहरू एमाले विभाजनको पक्षमा छन् । उनीहरूको विपक्षमा उभिनु पर्छ । पार्टी विभाजन गर्न दिनु हुन्न ।’


Advertisment
Nabil box
Kumari

आचार्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बोलीले केही समस्या निम्तिएको बताए ।

Vianet communication

‘यही बीचमा १० बुँदे कार्यान्वयनमा ल्याउन जटिलता केपी ओलीको बेलीले निम्त्याएको छ । कहिले नेपाललाई देशद्रोही र गद्दार भन्ने काम भएको छ,’ आचार्यले भने, ‘एकताका लागि एकीकृत दबाब सिर्जना गर्न केन्द्रीय कमिटी बैठक बोलाएका हो ।’

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले १० बुँदे सहमतिको आधारमा पार्टी एकता हुनुपर्ने बताए ।

‘आजको बैठक पार्टी एकतालाई थप बल दिनका लागि बोलाइएको हो, बाहिर हल्ला गरिएजस्तो विभाजनका लागि होइन,’ पाण्डेले भने । 

स्थायी कमिटीको बैठक सकिएलगत्तै अहिले माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक शुरू भएको छ ।

नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी बैठकले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउने नेताहरूले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x