×

NMB BANK
NIC ASIA

जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर

साउन २४, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् ।

Muktinath Bank

अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर  छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू  वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू  र भेन्टिलेटर जडान सम्पन्न भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताए। 


Advertisment
Nabil box
Kumari

“ आइसियू  र भेन्टिलेटर सञ्चालन गर्नका लागि अहिले हामीसँग उपलब्ध रहेका चिकित्सकबाट सम्भव नहुने रहेछ । यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सको आवश्यकता हुने रहेछ”, उनले भने, “जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ ।”

Vianet communication

यसअघि यसका लागि आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले  विज्ञापन गरे पनि  आवेदन नपरेका कारण परिपूर्ति गर्न नसकिएको अध्यक्ष पहाडीले बताए । यसका लागि प्रदेश सरकारले विशेष ऐन नै बनाएर दक्ष जनशक्ति पदपूर्ति गरिदिन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई समेत माग गरिएको उनले जानकारी दिए ।

प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जनरल फिजियिसन र १२ एनेस्थेसियाका लागि विज्ञापन गरेको थियो । यसमा छनोट भएकालाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको रहेको थियो ।

जनशक्ति व्यवस्थापनको काम प्रक्रियागतरूपमा चलिरहँदा सङ्क्रमण दर बढिरहेको छ । स्वास्थ्य संस्थामा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको अस्पतालका डा ढुण्डिराज पौडेलले बताए ।

उनका अनुसार भेन्टिलेटर सञ्चालनका लागि नवौँ तहको एनेस्थेसियालिस्ट वा इन्टरनल मेडिसिनमा एमडी गरेको जनशक्ति आवश्यक पर्छ । जिल्लामा यस्तो जनशक्ति आउन मान्दैनन् । उनीहरुलाई कम्तीमा महिनामा रु तीन लाखभन्दा बढी तलब दिएर ल्याउन सक्ने हो भने मात्रे आइसियू र भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ । बेसिक तलब रु ४५ हजार खाएर मात्र कोही आउन नमान्ने उनको भनाइ छ । 

जिल्ला अस्पतालमा केही महिना पहिले शुरु गरिएको अक्सिजन प्लान्टले भने राम्रो उत्पादन दिइरहेको जनाउँदै जिल्लामा एक दिनमा कम्तीमा पनि ५०  बिरामीलाई एकैपटकमा अक्सिजन आपूर्ति गर्न सकिने भए पनि अन्य उपचार सेवा पनि प्रभावकारी नभएको जनगुनासो रहेको छ । 

अस्पतालमा रहेको अक्सिजन प्लान्टले दैनिक १६ सिलिन्डर उत्पादन गर्नसक्ने र अहिले पनि आवश्यकता परेको अवस्थामा उत्पादन गर्ने गरिएको छ । श्ययाको अस्पताल अहिले ५० श्यामा स्तरवृद्धि गर्ने कार्य भइरहेको छ ।

जनशक्ति अभावले पुरानै उपकरण थन्किएका अवस्थमा फेरि दुई भेन्टिलेटर थप हुने भएका छन् । लायन्स क्लबले थप दुई भेन्टिलेटर सहयोग गर्न थालेको अस्पतालले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x