×

NMB BANK
NIC ASIA

अफगानिस्तानबाट रोजगारदाताले नै उद्धार गरिरहेका छन् नेपाली कामदार

साउन ३२, २०७८

NTC
Premier Steels

रोजगारीका लागि अफगानिस्तान पुगेको नेपालीलाई त्यहाँका रोजगारदाता कम्पनीले उद्धार गरिरहेको नेपालस्थित वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।

Muktinath Bank

अफगानिस्तानमा त्यहाँको विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेपछि त्रासदीपूर्ण अवस्था सिर्जना भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूलाई सम्बन्धित देशहरूले धमाधम फिर्ता लगिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपालबाट विशेष गरी विदेशी मिसनमा सुरक्षा गार्डको रूपमा काम गर्न नेपालीहरू अफगानिस्तान जाने गरेका थिए । 

Vianet communication

नेपालबाट अहिलेसम्म श्रम स्वीकृति लिएर करीब चार हजार नेपाली अफगानिस्तान गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सुजित श्रेष्ठले बताए । 

वैधानिक रूपमा भन्दा पनि भारत र पाकिस्तानको बाटो भएर अवैधानिकरूपमा धेरै नेपालीहरू रोजगारीका लागि अफगानिस्तान पुगेका छन् । 

अफगानिस्तानमा करीब १४ देखि १५ हजार नेपाली कामदार रहेको अनौपचारिक तथ्यांक रहेको श्रेष्ठले बताए । यसमध्ये धेरैजसो तेस्रो मुलुक भएर अफगानिस्तान पुगेका हुन् ।

श्रम स्वीकृति लिएर अफगानिस्तान गएका नेपालीहरू नेपालस्थित वैदेशिक रोजगार कम्पनीहरूसँग सम्पर्कमा रहेको र अहिले उनीहरूलाई रोजगार दिने संस्थाले उद्धार गरेर विभिन्न देश पुर्‍याइरहेको श्रेष्ठले बताए ।

‘हामी नेपाली श्रमिकसँग सम्पर्कमा छौँ । उनीहरूलाई रोजगार दिने संस्थाले नै अफगानिस्तानबाट उद्धार गरेर विभिन्न देश पुर्‍याएको छ । ती कम्पनीले नै उनीहरूलाई नेपाल पठाइदिन्छ,’ श्रेष्ठले भने, ‘अहिले कसैलाई लण्डन पुर्‍याइएको छ, कोही दिल्ली, टर्की, दुबई, दोहालगायत स्थानमा सुरक्षित रूपमा पुर्‍याइएका छन् ।’

तर, तीनदेखि चार सय जना नेपाली भने अफगानिस्तानमा जोखिमपूर्ण अवस्थामा रहेको जानकारी आफूले पाएको श्रेष्ठले बताए । 

‘कतिपयलाई भने कम्पनीले रोजगारीबाट हटाइदिएको छ । श्रम स्वीकृति नभएको कारण पनि उनीहरू समस्यामा छन् । कतिपयको त पासपोर्ट नै नभएको अवस्थामा पनि छन्,’ श्रेष्ठले भने । 

अप्ठ्यारोमा रहेका नेपालीहरूका बारेमा परराष्ट्र मन्त्रालय र नजिकका देशका राजदूतावासमा पनि जानकारी गराएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए । 

नेपालबाट श्रमिक लगेर रोजगारी दिलाउने सेक्युरिटी कम्पनी फोर्सले करीब १२ जना नेपालीलाई विमान चार्टर्ड गरेरै उद्धार गरेको श्रेष्ठले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x