×

NMB BANK
NIC ASIA

थरिथरिका जनप्रतिनिधि

गति छाड्दै जनप्रतिनिधि– बलात्कारको आरोपमा पक्राउ पर्ने अध्यक्षदेखि 'मृतकलाई अनुदान दिने'सम्म !

भदौ १४, २०७८

NTC
Premier Steels

जनप्रतिनिधि माथि जनताको ठूलो भरोसा थियो । तर, जनताका आशा–अपेक्षा पूरा गर्नुपर्ने धेरै प्रतिनिधि विवादमा फसेका छन् ।

Muktinath Bank

सार्वजनिक ओहोदा रहेर जवाफदेहिता निर्वाह गर्नुपर्ने जनप्रतिनिधि आफैँ कानूनबाहिर गएर काम गरेको भेटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यकालको ४ वर्ष पूरा गरिसकेका छन् । यो बीचमा धेरै जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्न सकेनन् । उल्टै आफैँ विवादमा मुछिएका छन् । राज्य सञ्चालनका विभिन्न प्रक्रिया मध्ये स्थानीय तह जनताको घरदैलोको सरकार हो । 


Advertisment
Nabil box
Kumari

गाउँपालिका अध्यक्ष नै बलात्कारको आरोपमा पक्राउ 

Vianet communication

रूपन्देहीको दक्षिणी क्षेत्रको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल गएको साउन २८ गते स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परे ।

‘बब्लु’ नामले समेत परिचित उनलाई १३ दिनपछि रूपन्देही जिल्ला अदालतले भदौ ८ गते साढे ५ लाख धरौटीमा रिहा गरिदियो ।

सिके राउतको जनमत पार्टीमा रहेका शुक्लाविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको डीएसपी सत्यनारायण थापाले बताए । 

धरौटीमा छाड्ने आदेश दिएपछि शुक्लाले भने, ‘राजनीतिको प्रतिशोध साँध्न  निर्वाचित जनप्रतिनिधिको भविष्य र इज्जतमाथिको खेलबाड गर्न जवरजस्ती फसाइएको हो ।’ 

‘निर्वाचनमा लडेर जित्दैनन्, कसरी हुन्छ बेइज्जत गरेर भएपनि तल गिराउने काम भएको छ । निवेदनकै आधारमा पक्राउ गरी हिरासतमा राखियो । मलाई कसैलाई  भेट्नसमेत नदिएका कारण प्रहरीको भूमिका पनि शंकास्पद् रहेको छ,’ उनले थपे । 

किसानले माछापोखरी खन्दा उल्टै जरिवाना 

बुटवल उपमहानगरपालिकाकाकी सुमित्रा जैसिनीले शुद्धोधन गाउँपालिका २ मा माछापालनका लागि पोखरी खन्दा स्थानीय सरकारले जरिवाना तिराएको छ ।

रातको समयमा सुमित्राले पोखरी खनेको भन्दै गएको जेठमा ७५ हजार रुपैयाँ जरिवाना तिराएको हो । गाउँपालिकासँग अनुमति लिएर जेठ मसान्तसम्म पोखरी खन्न शुरू गरेकी जैसिनीले अन्तिम दिन पनि पोखरी खन्न बाँकी रहेपछि रातमा खनेकी थिइन् । रातिमा पोखरी खनिरहेको थाहा पाएपछि प्रहरीले पोखरी निर्माणको काम बन्द गराएको थियो ।

‘जरिवाना लाग्छ भन्ने थाहै थिएन । समय नै नहुँदा रातिमा पनि खनेको हो । तर स्थानीय सरकारले जरिवाना लगायो । दिनुपर्ने अनुदान रकम पनि दिएन,’ उनले भनिन् । गाउँपालिकाको यस्तो नियमले माछा किसानहरूको मनोबल कमजोर भएको समेत उनको भनाइ छ ।

दुवै पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मत्स्य सुपरजोन कार्यक्रम सञ्चालनमा छ । स्थानीय सरकारले माटो तस्करी नियन्त्रणका लागि भन्दै कार्यविधि बनाएको छ ।

‘पोखरी खन्ने नाममा विगतमा पनि माटो तस्करी भयो । माछापोखरीको नाममा खन्ने, तर अन्यत्र लगेर माटो बिक्री गरेपछि कार्यविधि बनाएर लागू गरिएको हो,’ गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले भने ।

उनले किसानहरूलाई मर्का पर्ने गरी यो निर्णय कार्यान्वयनमा नल्याएको बताए । चौधरीले ७५ हजार जरिवाना पनि कम भएको लोकान्तरलाई बताए । 

करणी गर्नेसँगै विवाह गराइदिने 

रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर चौधरीले बलात्कारका आरोपितविरुद्ध कानूनी कारवाहीका लागि सघाउनुपर्नेमा वडाध्यक्षले मध्यस्थता गरेर जबर्जस्ती किशोरी जिम्मा लगाउन भूमिका खेले । सोही वडाकी अंगिरा पासी गत वर्ष झुन्डिएको अवस्थामा फेला परिन् ।

प्रहरीको अनुसन्धानमा बलात्कार गर्ने युवा र उसको परिवारले हत्या गरेर झुन्ड्याएको पुष्टि भयो । अहिले पनि अंगिरा पासीको परिवार छोरीको शोकले विक्षिप्त छ । 

मृतकको नाममा अनुदान 

जनप्रतिनिधिले अनुदानको रकम हिनामिना गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का वडाध्यक्ष रमेशप्रसाद मल्लाहले मृत्यु भइसकेका व्यक्तिका नाममा कृषि अनुदान सिफारिश गरे ।

सिफारिश पत्रमा मृतकको नाममा हस्ताक्षर र औंठाछाप गरिएको थियो । मृतक बुवाको नाममा पूर्जा देखाएर १९ हजार ७ सय रुपैयाँ लिएका भेटिएका हो । मृतकले अनुदान पाएको हल्लापछि नगरपालिकाले अनुसन्धान गर्दा छोराले कीर्ते गरेर बुवाको नामबाट रकम बुझेको खुलेको थियो ।  साउन दोस्रो साता नगरपालिकाले उक्त रकम फिर्ता गर्न निर्देशन दिएको थियो । वडाध्यक्ष मल्लाहले टिपोट उठाउने क्रममा गल्ती भएको स्वीकारेका छन् । 

आफ्नो सुविधासम्पन्न भवन छाडेर अर्कै पालिकामा फ्ल्याट भाडामा 

रूपन्देहीमा दक्षिणी क्षेत्रको स्थानीय तहको हो, कोटहीमाई गाउँपालिका । गाउँपालिकाले जनप्रतिनिधि आएपछि ४ करोड रूपैयाँ लागतमा पालिकाको सुविधासम्पन्न भवन बनाएको छ । 

भवन वडा ५ मझगावामा छ । तर, गाउँपालिकाले मायादेवी गाउँपालिका वडा ८ मा भाडाको भवन लिएर छुट्टै कार्यालय चलाउँदै आएको छ । जुन ठाउँ रुपन्देही जिल्ला सदरमुकाम भैरहवानजिक पर्छ । सेवा नपाएपछि स्थानीय भौँतारिन बाध्य छन् । गाउँपालिकाका मुख्य कर्मचारी भने सदरमुकाम भैरहवास्थित भाडाको कार्यालयमा भेटिन्छन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले कोरोनाको समयमा कर्मचारीका लागि भाडामा फ्ल्याट लिएको बताए । उनले अहिले त्यो भाडाको भवनबाट काम नभएको दाबी गरे ।

उनले भने, ‘कोरोना तीव्र रूपमा फैलिँदा सबै कर्मचारीमा संक्रमण भएपछि केही समय बसेका हौं । कार्यालयको रूपमा प्रयोग भएको होइन । हामीले अहिले आफ्नै कार्यालयबाट सेवा दिएका छौं ।’ यसबारे प्रतिक्रिया लिन खोज्दा गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवसँग सम्पर्क हुन सकेन ।

‘बदमासी गर्नेलाई टाउको उठाउन नसक्ने गरी कारवाही हुनुपर्छ’

सुशासनविद् खेमराज रेग्मीले अनियमितता र बदमासीमा फसेका जनप्रतिनिधिलाई टाउको उठाउन नसक्ने गरी फौजदारी अपराधअन्तर्गत कारवाही गरिनुपर्ने बताउँछन् ।

‘गाउँमा आएका सिंहदरबारका जनताको सेवक भन्न जनप्रतिनिधि पार्टी र राजनीतिले संरक्षण गरेका छन् । उनीहरूको अपराधलाई कारवाही गर्ने निकायले छूट दिन हुुँदैन,’ रेग्मीले लोकान्तरसँग भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x