पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
तीज हाम्रा चेलीहरूको रमाइलो र पवित्र चाड हो, तर हामी एक्कासि बदलियौं । परम्परालाई बिर्सँदै गयौं । पहिला र अहिलेको तीजमा आकाशपातालको फरक देखिन थालेको छ ।
पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गयो । हामी तडकभडकमा प्रेरित हुँदै गयौं र परम्परा बिर्सेर तीज मनाउने संस्कार अंगाल्न थाल्यौं ।
माइतीको दरबाट हामी पार्टी प्यालेस र होटल रेस्टुरेन्टमा दर खाने आदतमा लाग्यौं । आफ्नो क्षमताभन्दा माथि उठेर दरका आधुनिक परिकार खोज्दै हिँड्न थाल्यौं र त तीजको दरमा विस्तारै विकृति थपिन थाल्यो ।
महिलाले लगाउने सारी पुरुषले लगाएर नाच्न थालेपछि गाईजात्रा र रत्यौली हो कि तीज हो सबैमा अन्यौल छाउन थाल्यो ।
महिलाहरूको दरमा र नाचगानको बीचबीचमा पुरुष छिर्न थालेपछि यसको महत्त्व र महिला मात्रको चाड भनेर चिनिएको तीजको रौनकमा प्रश्न उठ्न थालेको हो ।
परम्परागत तीज बिर्सेर आधुनिक तीजमा प्रवेश गरेकोमा कत्तिको विमति छ भने कतिले सहमति पनि जनाएका छन् । चेलीहरूले खाने दरमा आएको विविधतामा पनि धेरैलाई अनौठो लाग्न थालेको छ ।
तीज मनाउने आधुनिक संस्कारसँगै तडकभडक पनि दिनानुदिन बढ्दो क्रममा छ । देखासिकीका कारण अहिले तीजको दर माइतीमा नभै होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरूमा भव्य हुँदै गएको छ ।
खानाका व्यापक भेराइटी, मादक र पेय पदार्थले दरलाई हाइज्याक गरेको छ । तीजको दर खाने परम्परागत तरिका लोप हुँदै गएको छ ।
तीज आउँदा दर त खानैपर्यो, तर स्वास्थ्यमा ध्यान नदिने हो भने बिरामी हुन सकिन्छ । सामान्यतया चाडपर्वका बेला खाँदा ध्यान पुर्याइएन भने विभिन्न समस्या आइपर्न सक्छ, त्यसमा पनि दर खाने र व्रत बस्ने भएपछि यसमा विशेष ध्यान पुर्याउन आवश्यक छ ।
तीजको दरका नाममा एक महिना अगाडिदेखि नै महिलाहरू व्यस्त हुनु र पुरुषहरूमा पनि तीजको रौनक चढ्नु आजको प्रमुख विकृति हो । तीजको गीतमा आएका विविधतासँगै परम्परागत तीज लोप हुँदै गएको पनि प्रस्ट भान हुन थालेको छ । घाँटी हेरी हाड निल्ने प्रवृत्ति पनि हराउन थालिसकेको छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाइन्छ।
भनिन्छ, भगवान् शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्, त्यसै व्रतलाई निरन्तरता दिने क्रममा हरितालिका तीज मनाउन थालियो ।
तीजमा पानी पनि नखाइ व्रत बस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’ को शिकार बन्ने गरेका छन् । त्यसैले यहाँ तीजको दरमा के खाने, के नखाने भन्ने विषयमा केही जानकारी प्रस्तुत गर्दैछु ।
दर खाने भन्नेबित्तिकै सबिकभन्दा ज्यादा खान खोजिन्छ । तर यो गलत हो, यसले तपाईंलाई फाइदा गर्दैन । सामूहिक रूपमा घरबाहिर दर खाँदा होश पुर्याएर सेलेक्टेड खाना मात्र खानु राम्रो हो ।
अल्कोहल नलिनुस्, जसले तपाईंलाई फाइदा गर्दैन। पोषणका लागि दरमा दुग्ध पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउजस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । यो पनि आफ्नो शरीरले मागेसम्म मात्र खानु राम्रो हो ।
सकेसम्म भारी खालका खानेकुरा नखाने । दरमा माछामासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो ।
माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको नखानु राम्रो हुन्छ । सकेसम्म आफूले तयार गरेको ताजा र स्वच्छ खाना मात्र सेवन गर्ने, वर्षातका कारण यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । सकेसम्म मिठाइहरू नखाँदा राम्रो । प्राय:गरी मिठाइहरू चिल्लो हुने र केही बासी पनि हुने हुँदा ब्रत बस्नेहरूका लागि यो स्वास्थ्यकर मानिन्न ।
यो चाडमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवं सुख-दु:ख साटासाट गरी बस्ने चलन छ। यस दिन विशेष महत्त्वका साथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार मीठा-मीठा परिकार साथै खीर, ढकनी, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
नियमित औषधि प्रयोग गर्नेले दर खाँदा र व्रत बस्दा विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । दर खाँदा अन्य खानाको तुलनामा सलाद र हरियो परियो बढी सेवन गर्दा लाभ हुन्छ ।
तीजमा साथीभाइले के खान्छन्, के गर्छन्, त्यसलाई ध्यान नदिनुस्, बरु आफ्नो इच्छा अनुसार सामान्य रूपमा दर तयार गर्ने बानी बसाल्नुस् ।
दरका अधिकांश खानेकुरा चिल्लो हुँदाहुँदै पनि घिउ विशेष महत्त्वका साथ खाइन्छ, तर यसलाई सकेसम्म कम गर्दा नै उत्तम हुन्छ ।
अहिलेको परिप्रेक्ष्यमा शहरीया दरभन्दा पनि ग्रामीण र परम्परागत दर खाने तरिका नै उत्तम मानिएको हुँदा त्यसैलाई त्यसैलाई अंगिकार गर्नु राम्रो देखिन्छ ।
यसले हाम्रो परम्परा र मौलिकता झल्काउँछ । दर खाने भनेर अग्रिम रूपमा व्यापक गोष्ठी र पार्टी आयोजना गरी गर्नु पनि राम्रो होइन । यसले आगामी पुस्तालाई गलत सन्देश जान्छ र मौलिकता हराउन पुग्छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...