×

चीनसँग प्रतिस्पर्धाका लागि संसारभरि संयुक्त युद्धाभ्यास गर्दै भारत

भदौ २८, २०७८

भारतले बदलिँदो विश्व परिस्थितिलाई झ्यालबाट हेरेर बस्नुभन्दा मैदानमा आएर खेल्ने रणनीति बनाइरहेको देखिन्छ । 

संसारका विभिन्न स्थानमा युद्धाभ्यास गरेर भारतले यस्तो संकेत दिएको हो । अभूतपूर्व संख्यामा द्विपक्षीय तथा बहुपक्षीय सैन्य अभ्यासमा भारत सहभागी भइरहेको छ । 


Advertisment

भारतका सुरक्षा अधिकारीहरू रक्षा कूटनीति, सामरिक संकेत, पारस्परिकता लगायतका शब्दावली बाक्लै प्रयोग गरिरहेका छन् । 


Advertisment

भारतका एक वरिष्ठ सैन्य अधिकारीले द टाइम्स अफ इन्डियालाई बताए, ‘युद्धाभ्यासहरूबाट युद्धकौशल बढ्नेछ, वैश्विक स्तरमा सर्वोत्तम प्रणालीको ज्ञान हासिल हुनेछ । विभिन्न देशसँग सैन्य र सामरिक सहयोग, विश्वास बहाली तथा पारस्परिक निर्भरतालाई पनि यसबाट बल पुग्नेछ ।’

भारतले पोहोर साल अगस्ट महिनामा पश्चिमी प्रशान्त महासागरमा मालाबार युद्धाभ्यास गरेको थियो । हिन्द प्रशान्त क्षेत्रमा चीनको बलप्रयोगविरुद्ध अप्रिल महिनामा बंगालको खाडीमा क्वाड प्लस फ्रान्सको संयुक्त युद्धाभ्यास भएको थियो । 

यस वर्षका बाँकी महिनामा पनि भारतले अनेकौं युद्धाभ्यासमा भाग लिने भएको छ । अक्टोबरमा बंगालको खाडीमा क्वाड प्लस यूकेको जलसैन्य अभ्यास हुनेछ । त्यसपछि बेलायती सेनाका तीनै अंग अर्थात् स्थलसेना, जलसेना र वायुसेनाका साथ युद्धाभ्यास पनि गरिनेछ । 

२४ देखि २७ अक्टोबरसम्म गरिने यी युद्धाभ्यासमा ६५ हजार टन तौल भएको एयरक्राफ्ट क्यारियर एचएमएस क्वीन एलिजाबेथ र पाँचौं पुस्ताको हलुका लडाकू विमान एफ–३५बी हुनेछन् । 

भारतले अहिलेसम्म अमेरिका र रुससँग मात्र सेनाका तीनै अंगको संयुक्त युद्धाभ्यास गरेको छ । 

भारतीय सेनाले हालैका दिनमा रुसमा इन्द्र र काजाकस्तानमा काजिन्द युद्धाभ्यास गरेको छ । अहिले रुमिा १७ देशहरूको जापाड अभ्यास चलिरहेको छ र त्यसमा भारतले दुई हजार सैनिक पठाएको छ । 

अनि नोभेम्बर महिनामा नेपालसँग सूर्य किरण, श्रीलंकासँग मित्रशत्तिल, बेलायतसँग अजेय योद्धा, अमेरिकासँग युद्ध अभ्यास र फ्रान्ससँग शक्ति नामक युद्धाभ्यास पनि भारतले गर्ने भएको छ । 
 

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x