×

NMB BANK
NIC ASIA

कांग्रेस काभ्रे जिल्ला सभापतिको लागि ७ जना आकांक्षी

असोज ७, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गरेका छन् । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन । 

Muktinath Bank

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आउँदो शनिबार जिल्लामा हुने नगर तथा गाउँ अधिवेशनमा सभापति पदमा दोब्बर आकाङ्क्षी देखिएका छन् । जिल्लामा छ नगर र सात गाउँपालिका छन् । अधिवेशनमा स्थानीयस्तरसम्म जिल्लामा दुई धारको प्रभाव रहेकाले सर्वसम्मत हुने अनिश्चितप्रायः देखिन्छ । यद्यपि नगर तथा गाउँ सभापतिका केही आकांक्षी भने गत मङ्गलबार भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित नहुँदा उम्मेदवारीबाट विमुख भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुलिखेल नगर सभापतिमा बिदुरबहादुर बस्नेत, विमल ब्याञ्जू र विनोद गौतम, पाँचखाल नगरमा गणेश अधिकारी, हेम लामा र सुन्दर लामा, नमोबुद्ध नगरमा कुन्साङ लामा र दिनेश भुर्तेल, मण्डनदेउपुर नगरमा रामहरि सापकोटा र कश्यप पौडेल तथा पनौती नगरमा हाल एकमात्रै रामशरण भण्डारीको चर्चा छ ।


Advertisment
Nabil box
Kumari

यस्तै रोशी गाउँपालिकामा पदम लामा, लक्ष्मी बर्तौला र हस्तबहादुर लामा, भुम्लु गाउँपालिकामा दावा लामा र तस्वीर लामा, खानीखोला गाउँपालिकामा क्षेत्र लामा, सोनाम लामा र गोपाल दर्लामी, तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा र सञ्जिव लामा, चौँरीदेउराली गाउँपालिकामा किशोरराज गिरी र चन्द्र लामा, महाभारत गाउँपालिकामा देवराज योञ्जन र रकमसिं घलान तथा बेथानचोक गाउँपालिकामा पे्रमबहादुर तिमल्सिना र मछिन्द्र लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Vianet communication

जिल्ला सभापतिमा भने आकाङ्क्षी वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईँ र पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल देखिएका छन् । गाउँ नगर अधिवेशनमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले नगर सभापतिसहित कार्यसमिति चयन गर्ने जिल्ला सचिव दिनेश लामाले जानकारी दिए । उनका अनुसार करिब दुई हजार ४०० प्रतिनिधि वडाबाट निर्वाचित भएका छन् । समितिका अनुसार नगर तथा गाउँ निर्वाचनमा सभापतिसहित क्रियाशील सदस्यताका आधारमा समावेशी कार्यसमितिको गाउँरनगर कार्यसमिति चयन गर्नेछ ।

गाउँरनगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ९ गते गाउँरनगर अधिवेशन हुने भएको हो । पार्टीको बुधबारको निणर्यअनुसार बाँकी प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनलगायत माथिल्लो तहका अधिवेशनरमहाधिवेशन दशैँपछि हुनेछ । यसअघि असोज १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको थियो । यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको थियो ।

काभ्रेपलाञ्चोकमा भने निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार १३५ वडामध्ये १२७ वडाको अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार भुम्लु गाउँपालिका(२ र ४, धुलिखेल नगरपालिका(१२, बनेपा नपा(९, खानीखोला गाउँपालिका(१, पनौती नपा(१० र ११ मा विवादका कारण वडा अधिवेशन स्थगन भएको सचिव लामाले जानकारी दिनुभयो । लामाका अनुसार बनेपा(९, खानीखोली(१ तथा पनौती(१० र ११ मा बुधबार अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडाका अधिवेशनबारे छलफल भइरहेको छ । अधिकांश वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जनाइएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x