×

NMB BANK
NIC ASIA

बारले एमिकस क्युरी नपठाउँदा संवैधानिक इजलास विवादसम्बन्धी भएन सुनुवाइ

असोज ८, २०७८

NTC
Premier Steels

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले एमिकस क्युरी नपठाउँदा संवैधानिक इजलासको विवादसम्बन्धी पेशी तोकिएको भए पनि कुनै सुनुवाइ हुन सकेन । 

Muktinath Bank

शुक्रवार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको थियो । तर सुनुवाइको लागि यसअघि हरिप्रसाद फुयालको इजलासले दुवै बारबाट दुई/दुई जना वरिष्ठ अधिवक्तासहित चार जना एमिकस क्युरीको रुपमा पठाउन आदेश गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त आदेशपछि नेपाल बार एशोसिएसनले पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारले वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरी पठाउने निर्णयसमेत गरेको थियो ।  


Advertisment
Nabil box
Kumari

नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल निवेदकको रिट निवेदन, न्यायाधीश फुयालको इजलासबाट आएको आदेश र विपक्षीहरूले दिएको लिखित जवाफ नै बारमा सर्वोच्च अदालतले हालसम्म नपठाएकोले एमिकस क्युरी नपठाइएको बताउँछन्। 

Vianet communication

'हामीसँग निवेदन, आदेश र लिखित जवाफ नै नभएपछि के को आधारमा बहस गर्न एमिकस क्युरी पठाउने ?,' पौडेलले लोकान्तरसँग भने,'आज पेशी तोकिएको छ भन्ने सूचना मात्र सर्वोच्च बारकोमा आएको रहेछ, त्यही सूचनाको भरमा मात्र एमिकस क्युरी पठाउन त सकिन्न नि ।'

अधिवक्ता गणेश रेग्मी निवेदक रहेको उक्त मुद्दा अब अर्को दिनको लागि पेशी तोकिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x