×

NMB BANK
NIC ASIA

राजनीतिक दलसम्बन्धी अध्यादेश भोलि फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमति

असोज १०, २०७८

NTC
Premier Steels

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे सत्ता गठबन्धनमा सहमति भएको छ । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति जुटाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको लोकान्तरलाई जानकारी दिए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति यसअघि नै भएको हो, कहिले फिर्ता गर्ने भन्ने निर्णय भएको थिएन, भोलिसम्म फिर्ता गर्ने सहमति भएको छ,’ यादवले भने । आइतवारको बैठकमा यादव उपस्थित भएका थिएनन् । 


Advertisment
Nabil box
Kumari

बैठकमा सहभागी नेताहरूले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताको सहमति भएको जानकारी गराएको यादवले बताए । 

Vianet communication

उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अडान राखेको थियो । अध्यादेश फिर्ता गर्न नहुने माधव नेपाल पक्षको अडानका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । 

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तत्काल सरकारमा जान राजी नभए कांग्रेस र माओवादीको कोटामा परेका मन्त्रालयमा मन्त्री नियुक्त गरेर भए पनि सरकार विस्तार गर्ने तयारी गरेका थिए । 

नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले पनि अध्यादेश फिर्ताबारे निर्णय भएको जानकारी दिए । अध्यादेश फिर्ता भएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने उनले लोकान्तरलाई बताए । 

सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा पनि मोटामोटी सहमति भएको छ । मन्त्रिपरिषद् विस्तार अघि गठबन्धनका शीर्ष नेताहरूबीच सोमवार भन्दा अगावै पुनः छलफल हुने स्रोतले बतायो ।  

गत असार २९ गते शपथ लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । शपथ लिएको झण्डै साढे ५ महिनामा परराष्ट्र मन्त्रालयमा मन्त्री नियुक्त गरिएको थियो । 

मन्त्रिपरिषद् विस्तार गर्न समेत नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x