शेयर बजारमा हरियाली, २ कम्पनीको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट

शेयर बजारमा हरियाली, २ कम्पनीको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट

शेयर बजारमा सोमवार हरियाली छाएको छ ।


Advertisement

बजार खुलेको डेढ घन्टामै नेप्से परिसूचक ६४ अंकले बढेको छ ।


Advertisement

यतिखेर शेयर बजार २६४८.६१ विन्दुमा पुगेको छ । 

ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स १०.४८ अंकले बढ्दै ५०१.४५ विन्दुमा पुगेको छ ।


Advertisement

समाचार तयार पार्दासम्म कुल २ सय १३ कम्पनीको २९ लाख ७९ हजार ८१७ कित्ता शेयर १ अर्ब ५६ करोड ४ लाख ३८ हजार ८५९ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

बजार खुलेको डेढ घन्टासम्ममा सबै समूहका सूचकहरू बढेका छन् । 

यस समयमा युनियन हाइड्रोपावर लिमिटेड र बेष्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्