×

महिला सांसदहरूका लागि आयोजित भर्चुअल अन्तरक्रिया सम्पन्न

कात्तिक १७, २०७८

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सातै वटा प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित 'भर्चुअल अन्तरक्रिया कार्यक्रम' मंगलवार सम्पन्न भएको छ ।   

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तरगत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले कात्तिक १२, १३, १५ र १६  गते सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।


Advertisment

४ दिने अन्तरक्रियामा ४ वटा विषयमाथि सम्बन्धित विषय विज्ञहरुले सहजीकरण गरेका थिए । 


Advertisment

कार्यक्रमको पहिलो दिन संविधानसभाका सांसद एवम् लैंगिक समानता र सामाजिक समावेशिता विज्ञ पेम्बा लामाले 'लैङ्गिक प्रतिच्छेदनात्मक अन्तरसम्बन्ध' बारे प्रस्तुति गरेका थिए भने दोश्रो दिन अधिवक्ता डा. कुन्साङ योञ्जनले 'स्व–निगरानी र स्व–मुल्याङ्कन' विषयमा छलफल सञ्चालन गरेका थिए ।

त्यसैगरी, कार्यक्रमको तेस्रो दिन 'पारस्परिक सञ्चार र सम्झौता प्रकृया' विषयमा सञ्चारकर्मी अमरध्वज लामाले अन्तरक्रियाको सहजीकरण गरेका थिए । साथै, चौथो तथा अन्तिम दिन योजनाविद्  रामशरण प्याकुरेलले 'व्यक्तित्व विकास' बारे सहजीकरण गरेका थिए ।

नेपालको संघीय व्यवस्थालाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उद्धेश्यले राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) सँगको सहकार्यमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संसद सहयोग परियोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक डाक्टर राजबहादुर श्रेष्ठले बताए । श्रेष्ठले आगामी वर्षमा समेत यस किसिमका कार्यक्रमहरुको आयोजनामा सघाउने युएनडिपीको योजना रहेको जानकारी दिए।

त्यसैगरी, संसदीय सहयोग कार्यक्रम (युएनडिपी) का संसदीय मामिला टोली प्रमुख डाक्टर यामबहादुर किसन, निफका उपाध्यक्ष यशोकान्ती भट्टचन, महासचिव कृष्णकुमारी  वाइवा लगायतले प्रदेशसभामा विभिन्त जाती र समुदायको महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई  प्रभावकारी बनाउन  सो भर्च्युअल अन्तरक्रियाले सघाउने विश्वास व्यक्त गरे। 

सो कार्यक्रममा पूर्वमन्त्री करिना बेगम, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती (विष्ट) लगायत विभिन्न समुदायका ३० जना महिला सांसदहरुले अन्तरक्रिया गरेका थिए ।

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x