×

NIC ASIA

राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बन्ने

कात्तिक २२, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बन्ने भएको छ ।

Muktinath Bank

मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले त्यहाँ त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । 


Advertisment
Nabil box
Kumari

२०७२ को भुकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।  ‘भवन निर्माणको डिजाइन तयार भइसकेको छ, ठेक्का प्रक्रियामा जान्छ,’ उनले भने । 

Vianet communication

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ओली सरकारले निर्माणमा रोक लगाएको पुस्तकालय भवन जमलमा नै निर्माण गर्न चासो देखाएका थिए ।

शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारका काम अघि बढाउन स्वीकृति दिएको हो ।

अब त्यहाँको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ । भवनको डीपीआर सकेर टेन्डर प्रक्रिया सुरु गर्ने बेला ओली नेतृत्वको सरकारले २०७७ साउन ५ मा ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्ने/नगराउने’ निर्णय गरेपछि काम रोकिएको थियो ।

`पुस्तकालय निर्माणको प्रस्तावित जमलको जग्गामा त्यतिबेलै राखिएको ‘राष्ट्रिय पुस्तकालय भवन निर्माण स्थल’ लेखिएको साइनबोर्ड अहिले पनि छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्न त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो ।

२०७२ वैशाखको भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि जग्गा खोजी भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x