×

NIC ASIA

एमाले महाधिवेशनमा सहमति होला ? पदाधिकारीमा यी नेताहरूबीच प्रतिस्पर्धा

कात्तिक २७, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ ।

Muktinath Bank

सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने नेताहरू बताउँछन् । जसका लागि शनिवार एकैदिन देशभरबाट प्रतिनिधि चयन गर्ने तयारी रहेको एमालेले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन् । ललितपुरमा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट विधि र नीति पारित गरिसकेकाले अब एमाले नेतृत्व चयनमा केन्द्रित हुनेछ ।


Advertisment
Nabil box
Kumari

महासचिव ईश्वर पोखरेलले नेतृत्व चयन सहमतिमै हुने स्पष्ट पारेका छन् । विगतभन्दा पृथक् ढंगले महाधिवेशन हुने दाबी महासचिव पोखरेलले गरे ।

Vianet communication

‘हामी सहमतिमै नेतृत्व चयन गर्छौं,’ शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘विधान महाधिवेशन पनि सर्वसम्मतिबाटै सक्यौं । वडा र पालिकाका अधिकांश अधिवेशन सर्वसम्मतिमा भए । प्रतिनिधि चयन पनि सर्वसम्मतमै गर्दैछौं ।’ 

प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले पनि सहमतिमै केन्द्रीय नेतृत्व चयन हुने बताए । ‘विधान महाधिवेशन पनि सर्वसम्मत ढंगबाटै भयो,’ पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘नेतृत्व पनि सहमतिबाटै हुन्छ ।’ 

पार्टीको आन्तरिक समीकरण र राजनीतिक ध्रुवीकरणले अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत हुने देखिन्छन् तर पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै आकांक्षी देखिएका छन् । उनीहरूको व्यवस्थापनमा भने जटिलता देखिन्छ । 

राष्ट्रिय राजनीतिलाई सही दिशामा डोर्‍याउन पनि एमालेमा ओलीको नेतृत्व आवश्यक रहेको पोखरेलले बताए । राजनीतिक स्थिरताका लागि पनि एमालेको नेतृत्वमा सबै गोलबन्द हुुनुपर्ने उनको तर्क छ ।

सत्ता बहिर्गमनदेखि पार्टी विभाजनसम्मको धक्का व्यहोरेको एमालेलाई पार्टी एकढिक्का देखाउन पनि सहमतीय प्रणाली आवश्यक रहेको नेताहरू बताउँछन् । अध्यक्षमा ओली निर्विकल्प देखिएको दाबी गरिए पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने संकेत देखिएको छ ।

नेता रावलले गृहजिल्ला अछाममा आयोजित कार्यक्रममा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका थिए । उपमहासचिव भुसालले भने मुख खोलेका छैनन् । 

महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन् । ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ । यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ । 

राष्ट्रिय राजनीति एमाले भर्सेस सत्ता गठबन्धनबीच घुमिरहेको छ । महासचिव पोखरेलले ओलीकै नेतृत्वमा गोलबन्द हुनुपर्ने बताए । 

वरिष्ठ उपाध्यक्षमा महासचिव पोखरेल आउने सम्भावना छ । ४ उपाध्यक्षमा धेरै आकांक्षी देखिएका छन् । रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रबाट आएका रामबहादुर थापा, संविधान सभाध्यक्ष सुवास नेम्वाङ, उपमहासचिव भुसाललाई पनि व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।  

महासचिवमा उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलको चर्चा छ । 

पोखरेल महासचिव भए पौडेल उपाध्यक्ष हुन सक्छन् । पौडेल महासचिव भए पोखरेल उपमहासचिव हुन सक्ने सम्भावना छ । सचिवमा भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ नै दोहोरिने सम्भावना छ । ७ सचिवको पद भएकाले रघुवीर महासेठ र माओवादी नफर्केका टोपबहादुर रायमाझीलाई समेट्नुपर्ने अवस्था छ । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, विष्णु रिमाल, छविलाल विश्वकर्मा लगायत नेता पनि पदाधिकारीका आकांक्षी छन् ।

नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार बनिसकेकाले त्योभन्दा तल्लो पदमा उम्मेदवार नहुने संकेत पाण्डेले गरिसकेका छन् । माधवकुमार नेपालतिर नगएका र माओवादीमा नफर्केका नेतालाई व्यवस्थापन गर्नुपर्ने अवस्था एमालेमा छ । 

महासचिव पोखरेलले महाधिवेशन प्रतिनिधि अझै बढ्न सक्ने संकेत गरेका छन् । २ हजारभन्दा बढी प्रतिनिधि हुने उनले बताए । कात्तिक १२ को केन्द्रीय कमिटी बैठकले महाधिवेशनका लागि १ हजार ९९९ प्रतिनिधि रहने निर्णय गरेको थियो । पोखरेलका अनुसार महाधिवेशनमा एमालेका ३ प्रकारका प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः आउनेछन् ।

भौगोलिक क्षेत्र, जनवर्गीय संगठनबाट निर्वाचित प्रतिनिधि आउनेछन् । ५ प्रतिशत प्रतिनिधि मनोनयन गरिने छ । 

१०औं महाधिवेशनमा एमालेले कपडाको ब्यानर र कागजको पोस्टर प्रयोग नगर्ने भएको छ । ‘कागजको पोस्टर राख्दैनौं,’ प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘भित्ते लेखन पनि हुँदैन । कपडाको ब्यानर पनि प्रयोग हुँदैन ।’ 

महाधिवेशनमा सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिने भट्टराईले बताए । डिजिटल मिडिया, डिजिटल डिस्प्ले, होर्डिङ बोर्डबाट प्रचार गरिने उनले बताए । पार्टीले गरेको कामको भिडियोमार्फत प्रचार पनि गरिने भएको छ । 

महाधिवेशनको प्रचारका लागि ७५३ वटै स्थानीय तहमा गोष्ठी, अन्तत्र्रिmया, सेमिनारलगायत कार्यक्रम दिनहुँजसो गर्ने उनले बताए । उनका अनुसार मंसिर ७ गते सम्पूर्ण जिल्ला, नगरमा मोटरसाइकल र्‍याली गरिनेछ । प्रत्येक वडा कमिटीदेखि जनवर्गीय संगठनले स्वागतद्वार निर्माण गर्नुपर्नेछ । 

महाधिवेशनमा प्रयोग हुने लोगो एमालेले सार्वजनिक गरेको छ । महासचिव पोखरेलले तुल्सीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेका छन् । एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ । 

लोगोमा गैंडाको मस्कटले कम्युनिस्ट पार्टीको झन्डा उचालेको छ । पार्टीका स्थायी समिति सदस्य विष्णु रिमालले पार्टीको नारासहित जिंगल सार्वजनिक गरेका छन् । ९ लाखको हाराहारीमा संगठित सदस्य हुने अनुमान एमालेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x