×

NMB BANK
NIC ASIA

१ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीसँग प्रदेश सरकार रुष्ट बनेको छ ।

Muktinath Bank

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भनिएको बैठक सभामुख भण्डारीले सारेपछि सरकार सभामुखसँग रुष्ट बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावलाई देखाउँदै सांसद आउन नसक्ने भनी नेकपा एमालेका सांसदले मंगलवारको बैठक स्थगित गर्न माग गरेका थिए ।


Advertisment
Nabil box
Kumari

एमालेले बैठक स्थगित गर्न सभामुख भण्डारीलाई लिखित पत्र नै दिएको थियो । पत्र पाएपछि भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

Vianet communication

बैठक सार्ने विषयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलबीच रस्साकस्सी चलेको थियो । सत्ता साझेदार दलहरूले बैठक शुरू गर्नुपर्ने अडान राखेपछि प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारी बैठक नसकी बैठकस्थलबाट बाहिरिएका थिए ।

सत्ता साझेदार दलहरूले बैठक बोलाउनुपर्ने अडान राखेपछि सभामुख भण्डारीले बैठक बोलाएका थिए ।

प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि विश्वासको मत लिने प्रस्ताव टेबुल गरेर भोलि बुधवारसम्मका लागि बैठक स्थगित गरिएको छ  । सभामुख भण्डारीको भूमिका सन्तुलित नदेखिएको मुख्यमन्त्री राईले आरोप लगाए । राईले सभामुखको व्यवहार प्रमुख प्रतिपक्षी दलको जस्तो भएको बताए ।

प्रमुख प्रतिपक्षी दलले भने सरकारले सत्ताको दुरुपयोग गरेको ओरोप लगाएको छ । गठबन्धनका सांसदलाई सरकारी गाडीको प्रयोग गरेर बन्दमा ल्याइएको आरोप छ । एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले भने, ‘अहिलेको परमादेश सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाएको भए हामीले बैठक रोक्न माग गर्नुपर्ने आवश्यक नै थिएन ।’

बैठक बुधवार बिहान ११ः३० बजे बस्ने गरी स्थगित गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x