×

NIC ASIA

जाभीको आगमनसँगै उत्साहित बार्सिलोना

मंसिर २, २०७८

Prabhu Bank
NTC
Premier Steels

स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना खराब नतिजाबाट गुज्रिएको अवस्था छ । हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।

Muktinath Bank

टोलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलोनाले तीन साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोना उत्साहित बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मैदानमा सेल्भा भिगोसँग ३–३ गोलको बराबरीमा चित्त बुझाएको थियो । उक्त खेलमा बार्सिलोना पहिलो हाफमै तीन गोलको अग्रता लिएर पनि अंक बाँड्न बाध्य बनेको थियो ।


Advertisment
Nabil box
Kumari

सेल्टा भिगोसँगको खेलपछि कडा रुपमा प्रस्तुत भएका जाभीले टिम सुधारका लागि नयाँ योजना बनाएका छन् । जाभीले खेलाडीलाई खेलाडीको शैलीमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् । जाभीले भनेका छन, ‘सेल्टा भिगोसँग जे भयो, त्यो ठीक भएन । पहिलो हाफमा तीन गोलले अगाडी रहेर पनि खेल बराबरीमा टुंगिन्छ भने त्यो पक्कै राम्रो होइन ।’ जाभीले आफ्ना खेलाडीलाई बार्सिलोनासँग आवद्ध हुन पाएकोमा गर्व गर्न अनुरोध समेत गरेका छन् ।

Vianet communication

१७ बर्ष खेलाडीको रुपमा बार्सिलोनामा विताएका जाभीले आठ पटक स्पेनिस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले सन् २०१५ मा बार्सिलोना छाडेका थिए । उनी पछिल्लो समय कतारी क्लब अल सादमा आबद्ध भएका थिए । जाभीले सन् २०१० मा स्पेनलाई विश्वकप उपाधि जिताउनुका साथै दुई पटक युरोपियन च्याम्पियनसिप समेत जिताएका थिए ।

जाभीको प्रशिक्षणमा उत्साहित देखिएको बार्सिलोना अबका खेलमा सुखद नतिजा निकाल्ने तयारीमा जुटेको छ । खेलाडीलाई कडा अभ्यास गराई रहेका जाभी आगामी खेलमा लगातार जित निकाल्ने योजनामा छन् । बार्सिलोनाले भर्खर ब्राजिलियन रक्षक ड्यानी आल्भेसलाई क्लबमा अनुबन्ध पनि गरेको छ ।

बार्सिलोना अहिले १७ अंक सहित लिग तालिकाको नवौं स्थानमा छ । १२ खेल सकेको बार्सिलोनाले चार जित, पाँच बराबरी र तीन हार खेपेको छ । ला लिगाको आफ्नो १३औं खेलमा बार्सिलोनाले शनिबार राति घरेलु मैदानमा स्पान्योलसँग प्रतिस्पर्धा गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x