×

NMB BANK
NIC ASIA

उद्यमशीलता

राजनीतिमा प्रगति नदेखिएपछि मैनालीको रोजाइमा कृषिकर्म

मंसिर ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

देश परिवर्तन गर्ने उद्देश्यका साथ १० वर्षे जनयुद्धमा होमिएका एक युवा यतिबेला कृषिकर्म गरिरहेका छन् । २०५८ सालमा अनेरास्ववियू क्रान्तिकारी हुँदै राजनीति जीवन शुरू गरेका बिक्रम मैनाली २०५८ सालदेखि पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।

Muktinath Bank

उनी वाईसीएल झापाका क्षेत्रीय इन्चार्ज, झापा जिल्ला सहइन्चार्ज, नेकपा माओवादी जिल्ला सदस्य समेत भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशका युवाको अनुहारमा चम्किलो भाग्य रेखा कोर्ने सपना बुनेर पूर्णकालीन राजनीतिमा होमिएका मैनाली राजनीतिबाट परिवर्तन हुने नदेखेपछि विदेशतिर लागे । अरुको उज्जवल भविष्यको रेखा कोर्ने सपना बनाएका मैनालीले साउदी अरबमा ५ वर्ष ७ महिना  बिताए । विदेशमा हुँदा पोल्ट्री फर्म, एग्रिकल्चर कम्पनी, गाई फर्ममा काम गरेको उनी सुनाउँछन् ।


Advertisment
Nabil box
Kumari

वैदेशिक रोजगारीबाट फर्केपछि पुनः पूर्णकालीन राजनीतिमा सक्रिय हुने सोच बनाएर गोपाल किराँतीको नेकपा माओवादी केन्द्रमा लागेको उनले बताए । उनले सातौं राष्ट्रिय अधिवेशनमा केन्द्रीय सदस्य र संखुवासभाको इन्चार्जको जिम्मा पाए । आठौं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उनले प्रदेश सचिवमा जिते ।

Vianet communication
Laxmi Bank

गोपाल किराँती राजनीतिक एजेन्डाभन्दा बढी जातीय राजनीतिमा लाग्न थालेपछि दोस्रो बैठकबाट राजीनामा दिएर उनी कृषि पेशामा लागे । एमाले र माओवादी एककीकरण भएर बनेको नेकपामा केही समय राजनीति गरेका मैनाली यतिबेला पूर्णकालीन राजनीति गर्दैनन् । उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको मोरङ जिल्ला सदस्य छन् । कृषिकर्मबाट बचेको समयमा मात्रै राजनीति गर्ने गरेको उनले बताए ।

‘राजनीतिलाई धेरैले कमाइ खाने माध्यम बनाएका छन्,’ उनले भने, ‘पेशा व्यवसाय अरु नै बनाएर शुद्ध सामाजिक कार्य गर्दै राजनीतिमा नलागेसम्म भ्रष्टाचार रोकिँदैन ।’

मैनालीसहित ४ जनाले कृषि फर्म खोलेर कृषिकर्म गरिरहेका छन् । मैनालीसँगै खिना माया थापा, विन्दुकला गुरुङ र हिमादेवी थापाले १४ विगाहा जमिन लिजमा लिएर कृषिकर्म गरिरहेका छन् । सामूहिक फर्मबाट गाईको दूध र कुखुराबाट नियमित आम्दानी भइरहेको छ भने बंगुर पाल्न शुरू गरिसकेका छन् । 

नियमित आम्दानीका लागि ५० लिटर दूध बिक्री गरिरहेको थापाले बताइन् । ‘यो वर्षभित्रमा नै ३०० लिटर दूध उत्पादन गर्ने गरी काम गरिरहेका छौं,’ उनले भनिन्, ‘बजारमा ६० रुपैयाँ प्रतिलिटर दूध बेच्ने गरेका छौं ।’

१ नम्बर प्रदेशमै सबैभन्दा ठूलो ब्रोइलर कुखुराको फर्म बनाउने योजनामा रहेको दाबी सञ्चालकको छ । १८ हजारभन्दा बढी कुखुरा फर्ममा रहेका मैनालीले बताए ।

लिजमा लिएकोमध्ये आधाजतिमा माछाका पोखरी खनिएका उनी सुनाउँछन् । ७ वटा पोखरीमा ६८ हजार माछाका भुरा हालेको उनले बताए । ‘ड्रागन फूड’ले यस वर्षदेखि उत्पादन दिने र केराले पनि उत्पादन दिइरहेको थापाले बताइन् । 

साझेदारी फर्म सञ्चालन गर्ने थापा र गुरुङ पनि राजनीतिमा उदाइरहेका महिला हुन् । दुवै जना बेलवारी नगरपालिकामा कार्यपालिका सदस्य छन् । ४ बिगाहामा धान, तोरी, मकै खेती गर्ने गरेको थापाले बताइन् ।  

आफ्नै माटोमा पसिना बगाएर उत्पादन गर्दै पैसा कमाएर जनतालाई आर्थिक रूपले सम्पन्न बनाउने योजना रहेको उनी बताउँछिन् । राजनीतिमा आश मरेपछि राजनीति नै छाडेर पूर्ण रूपमा कृषि कर्ममा लाग्न सक्ने उनीहरू बताउँछन् ।

‘विचारधारा हेर्दाहेर्दै भविष्य सकिँदो रहेछ,’ मैनालीले भने, ‘अब पूर्णकालीन राजनीतिमा फर्किने अवस्थामा छैन, बरु पूर्णकालीन कृषिले अनुहारमा चमक ल्याउन थालेको छ ।’

राजनीतिक नेतृत्वले जनताको मनोभाव अनुसार काम गर्न नसकेपछि बिरक्तिएर राजनीतिलाई केही पर सार्दै व्यावसायिक कृषिमा लागेको उनी बताउँछन् । कृषिलाई भरपर्दाे पेशा भएको बताउँदै उनले आफ्नो माटोमा पसिना बगाएर मोती फलाउने योजना रहेको बताए ।

बिहान चिया पसलमा बसेर निराशाको गफ गर्नेहरूका लागि मैनाली प्रेरणाका स्रोत बनेका छन् । सामूहिक कृषि फर्ममा उनीहरू आफैं काममा खट्ने गरेका छन् भने केहीलाई रोजगारी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x