×

NMB BANK
NIC ASIA

गलेश्वर–भगवती सडक कालोपत्रे शुरू

मंसिर ६, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् ।

Muktinath Bank

रघुगङ्गाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालित आयोजना गत जेठ महिनादेखि रोकिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालय प्रमुख सन्तोष अर्यालले कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र बर्खाको प्रतिकूल मौसमका कारण रोकिएको आयोजनाका काम व्यवसायीले काम सुचारु गरेका जानकारी दिए। “एक्साभेटर र ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाउन र नाली खन्न थालेका छन्”, उनले भने, “मजदुरमार्फत पर्खाललगायत संरचना निर्माणको तयारी गरेका छन् ।”


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गत विसं २०७६ देखि शुरू भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले रु १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीतिअनुसार २०७८ चैत मसान्तसम्म थपिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

Vianet communication

कच्ची र साँघुरो अवस्थाको आठ किलोमिटर दूरीको सडकलाई ग्रेड मिलाई आठ मिटर फराकिलो बनाएर ५/५ मिटर चौडाइमा कालोपत्रे गर्न सञ्चालित आयोजनाको हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पिप्लेको रघुगङ्गा मावि अगाडिदेखि भगवतीसम्मको पाँच किलोमिटर खण्डको अधिकांश ठाउँमा सडक विस्तार, पर्खाल र नाली निर्माण भइसकेको निर्माण कम्पनीका इञ्जिनियर रामु कडेलले बताए । 

“संरचना निर्माण भएको ठाउँमा कालोपत्रे गर्न राखिने नदीजन्य कच्चा पदार्थको अभाव भएको छ”, उनले भने,'बेश राख्ने सामान पायौँ भने चैत महिनासम्म कालोपत्रे गरिसक्ने योजनामा छौं ।' सडक निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजीकरण गरिदिन गाउँपालिका, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति र प्रशासनलाई ठेकेदारले आग्रह गरेको छ । 

गलेश्वरदेखि बगैँचा र बगैँचादेखि रघुगङ्गा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडकमा भने यो आयोजनाले काम नगर्ने भएको छ । गलेश्वरदेखि बगैचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको हो । बगैँचादेखि रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजनाले कालोपत्रे गर्ने भएको छ । बगैँचाका शिशिर शाहीले सडक नबनाए पनि भत्किएको र जोखिमयुक्त ठाउँको संरक्षण गरिदिन माग गरे। 

यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । सदरमुकाम बेनी जान–आउन, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने रघुगङ्गा–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले जानकारी दिए ।  

विसं २०६६ मा यो मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो । साथै जीर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।  रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x