×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

एमालेमा सहमतिको प्रयास– पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिने

मंसिर १०, २०७८

NTC
Premier Steels

पदाधिकारीका आकांक्षी धेरै भएपछि नेकपा एमालेले विधान संशोधन मार्फत केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने गृहकार्य थालेको छ ।

Muktinath Bank

चितवनमा शुक्रवार शुरू महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै भएपछि पदाधिकारीको संख्या बढाएर नेतृत्वमा सहमति खोज्ने प्रयास भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विधानमा भएको व्यवस्थालाई परिमार्जन गर्ने गरी नयाँ प्रस्ताव आउछ’एमालेका एक शीर्ष नेताले लोकान्तरसँग भने । स्रोतका अनुसार उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने गृहकार्य चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

शुक्रवार राति बस्ने केन्द्रीय कमिटी बैठकमा सो प्रस्ताव आउने बताइएको छ ।

Vianet communication

केन्द्रीय सदस्य महेश बस्नेतले पदाधिकारीको संख्या बढाएर भएपनि सहमतिको प्रयास गरिने लोकान्तरलाई जानकारी दिए ।

असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा सम्पन्न विधान महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ र चार उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र ७ जना सचिव रहनेगरी सहमति गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीसहित केही नेताहरुले पदाधिकारी थप गर्नेबारे गृहकार्य गरिरहेको एक नेताले जानकारी दिए । २ सय २५ सदस्यीय रहने केन्द्रीय कमिटीको संख्या ३ सय हाराहारी पुर्याउने तयारी छ । 

पार्टी महाधिवेशनको बन्द सत्रबाट विधान परिमार्जन गर्ने गृहकार्य चलिरहेको छ ।

शुक्रवार राति ८ बजे बस्ने भनिएको केन्द्रीय कमिटी बैठक राति पौने ११ बजेसम्म शुरू हुन सकेको छैन ।

शनिवार बिहान बन्दसत्र शुरू हुने भएकोले शुक्रवार ढिलै भएपनि केन्द्रीय कमिटीको बैठक बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । जंगल क्राउन होटलमा केन्द्रीय कमिटी बैठक बस्ने तयारी भएको छ। 

सचिव विष्टले पनि पदाधिकारीको संख्या बढाएर भएपनि सहमतिका नेतृत्व चयन गर्नुपर्ने महाधिवेशन प्रतिनिधिको भावना रहेको बताए । उपाध्यक्ष भीम रावलले भने पदाधिकारी संख्या थप गर्नेबारे प्रस्ताव नआएको दावी गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x