×

गोलाप्रथा लागू भएपछि पनि सुनुवाइ प्रभावित

सर्वोच्चमा कामु प्रधानन्यायाधीशबारे अन्योल– प्रक्रिया बुझ्ने जिम्मा न्यायाधीश कार्की र मुख्य रजिस्ट्रारलाई

मंसिर १५, २०७८

सर्वोच्च अदालतको इतिहासमै पहिलोपटक गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियाको शुरूआत भए पनि बुधवार सुनुवाइ भने प्रभावित बन्यो ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले कामु प्रधानन्यायाधीश नतोकिँदासम्म इजलासमा नबस्न आग्रह गरेपछि न्यायाधीशहरू इजलास छाडेर छलफलमा जुटेका थिए ।


Advertisment

न्यायाधीशहरूको बैठकले कामु तोक्ने विकल्पबारे विधि र प्रक्रिया बुझेर भोलि निर्णय लिने निष्कर्ष निकालेको छ ।


Advertisment

'कामु प्रधानन्यायाधीश नतोकिँदासम्म बेञ्च बस्नुभएन भनेर वकिलहरू आए, त्यसपछि हामी छलफलमा जुटेका थियौं,' एक न्यायाधीशले लोकान्तरसँग भने, 'कामु दिने कुरा फुलकोर्टले निर्णय गर्ने विषय त होइन । यो दिने (प्रधानन्यायाधीश) र लिने (वरिष्ठतम् न्यायाधीश)बीचको कुरा हो । लिने र दिनेबीच संवाद नभएको अवस्थामा कामु तोक्ने कानूनी प्रावधान तथा विधि र प्रक्रिया के छ, त्यो बुझेर आउन दीपक श्रीमान् (वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की) र मुख्य रजिस्ट्रारलाई जिम्मा दिइएको छ ।'

बैठकमा केही न्यायाधीशले कामु नतोकी इजलासमा बस्न नहुने धारणा राखेका थिए । तर आफूहरूले नै शुरू गरेको गोलाप्रथा प्रणालीलाई स्थापित गर्नका लागि पनि इजलासमा फर्किनुपर्ने समझदारी न्यायाधीशहरूबीच भएको छ ।

'केही श्रीमानले कामु नतोकी मुद्दा हेर्नुहुँदैन भन्ने कुरा राख्नुभएको थियो । त्यसो गर्दा गोलाप्रथा प्रणाली स्थापित हुन सक्दैन । मुद्दा हेर्ने कुराबाट अलग हुनुहुँदैन भन्ने समझदारी भएको छ,' ती न्यायाधीशले भने ।

प्रधानन्यायाधीशले बिदा नलिएको र उपचाररत रहेको अवस्थामा एकलौटी ढंगले कामु तोकेर अगाडि बढ्दा एकसाथ दुई प्रधानन्यायाधीश कायम हुनसक्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमणको कारण देखाउँदै केही दिनदेखि अनुपस्थित छन् ।

उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत रहेको उक्त अस्पतालले विज्ञप्तिमार्फत बुधवार जनाएको थियो ।  

जबराको अनुपस्थितिमा संविधानको धारा १२९ (६) अनुसार कामु प्रधानन्यायाधीश तोकेर मात्र सुनुवाइ अगाडि बढाउनुपर्ने बारको तर्क छ ।

उक्त धारामा भनिएको छ–

प्रधान न्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधान न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधान न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ ।

प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित नियमित सुनुवाइ बहिस्कार गरेका न्यायाधीशहरू बुधबारबाट पूर्णरूपमा इजलासमा फर्किने तयारीमा थिए । तर कामु प्रधानन्यायाधीशको विवादले सुनुवाइ प्रभावित बन्यो ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x