×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कमल थापा : हार खानुपर्दाको छटपटी

मंसिर २०, २०७८

NTC
Premier Steels

खासै जनाधार नभएपनि हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको पार्टी भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन चर्चामा रह्यो । चर्चा रहनुको अर्को कारण थियो–सदावहार नेता कमल थापाविरुद्ध युवा नेता राजेन्द्र लिङ्देनको चुनौती ।

Muktinath Bank

नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न चुनावमा त्यही राजनीतिक खेलाडी मानिने कमल थापालाई राजेन्द्र लिङ्देनले पराजित गरे । पराजयपछि कमल थापामा बेचैनी र छटपटी देखिएको छ भने उनले नयाँ नेतृत्वलाई स्वीकार गरिसकेको अवस्था छैन । राप्रपाका सबै नेताहरु लिङ्देनको शपथग्रहण समारोहमा सहभागी भइरहँदा कमल थापा भने पूर्वराजा ज्ञानेन्द्र शाहसँग आक्रोश पोखिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह) ले राप्रपाको आन्तरिक चुनावमा नाङ्गो हस्तक्षेप गरेको आरोप सार्वजनिक रुपमै लगाइसकेका छन् । थापाको दावी अनुसार आफूले विषम् परिस्थितिमा राजतन्त्रको एजेण्डा बोकेर हिँडेको तर अहिले पूर्वराजाले अनावश्यक चलखेल गर्दा चुनावमा पराजय बेहोर्नुपर्यो । थापाले पूर्वराजालाई नै लक्षित गरी आइतबार लगातार तीन ट्वीट गरे । ती ट्वीटहरुमा कमल थापामा बेचैनीको आभास मिल्थ्यो । उनको बुझाइमा पूर्वराजामा चाँडै राजसंस्था फर्काउने महत्त्वाकाँक्षा देखिन्छ । त्यो महत्त्वकाँक्षा थापाबाट भन्दा लिङ्देनमार्फत पूरा गर्न सकिन्छ कि भन्ने आशा निर्मल निवासमा देखिन्छ ।


Advertisment
Nabil box
Kumari

उसो त कमल थापाले राजतन्त्रको एजेण्डामा व्यक्तिगत स्वार्थ पूरा गरेको निष्कर्ष निर्मल निवासले निकालेको धेरै भइसक्यो । उसो त कमल थापासँग पूर्वराजाको सम्बन्ध समेत पछिल्लो समय सुमधुर नरहेको बताइन्छ । यही पृष्ठभूमिमा एकाएक पार्टी सत्ताबाट बाहिरिनु पर्दा थापामा बेचनी र छटपटी भएको कतिपय नेता कार्यकर्ताको भनाइ छ ।

Vianet communication

अब थापाको राजसंस्थालाई हेर्ने दृष्टिकोण कस्तो रहला भन्नेबारे पनि चासो उत्तिकै छ । कतिपयले उनले अर्को पार्टी बनाउने वा अरु कुनै राजनीतिक बाटो रोज्न सक्ने पनि आशंका गरिरहेका छन् । थापाको आगामी रणनीति बुझ्न केही समय अवश्य पर्खिनुपर्नेछ । तर थापाको चुनावमा सर्मनाक हार राजसंस्थालाई मात्र जोडेर हेर्नुभन्दा पनि उनको पार्टीभित्रको अलोकप्रियता, विगतको विवादास्पद गतिविधि र युवा नेतृत्वप्रतिको आकर्षणको रुपमा पनि हेर्नुपर्ने हुन्छ ।

राप्रपा निर्वाचन र कमल थापाको बहिर्गनका साथै उनमा देखिएको छटपटीका सन्दर्भमा यो संक्षिप्त टिप्पणीसहित लोकान्तर ‘राउण्ड अप’मा पाठकहरुलाई स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टामा भएका घटनाक्रमको मुख्यमुख्य विवरण र आमचासोका विषयमा टिप्पणी पनि गर्ने गर्छौँ ।
००००००

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत भएको निर्वाचनमा ६ वटा प्रदेशको नतिजा सार्वजनिक भएको छ । प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा प्रेमबहादुर बलायर विजयी भएका छन् ।
प्रदेश २ मा भने केही जिल्लाका पालिकाहरुमा अधिवेशन हुन नसक्दा प्रवेश अधिवेशन नै हुन सकेको छैन ।
यसैबीच कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।
००००
राप्रपाको सम्पन्न एकता महाधिवेशमा  निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले  शपथ लिएका छन्  ।
आइतबार आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे । सो क्रममा बोल्दै लिङ्देनले आफ्नो नेतृत्वमा नेताको मानमर्दन र कार्यकर्ताको विश्वासघात नहुने बताए । लिङ्देनले राप्रपालाई अहिलेसम्मकै बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
००००
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजना हुँदै आएको धर्ना जारी नै रहेको बताएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै धर्नाको कार्यक्रम यथावत रहेको उल्लेख गरेका हुन् ।
००००
सुन तस्करलाई सघाएको आरोपमा प्रहरी जवान राजेन्द्र केसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विदेशबाट सुनको बाला ल्याएका मानिसहरूलाई सहयोग गरिदिने बाहानामा सुन लगेको भन्ने आरोपमा केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जनाकारी दिए ।
००००
साताको पहिलो दिन आइतवार शेयर बजारमा ठूलो पहिरो गएको छ । नेप्से परिसूचक ८०.२७ अंकले घट्दै २५०५.९२ विन्दुमा झरेको छ  ।
यस्तै सेन्सेटिभ परिसूचक १५.४२ अंकले घट्दै ४७२.१० विन्दुमा झरेको छ ।
००००
देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x