×

NMB BANK
NIC ASIA

देउवा र प्रकाशमानले पनि गरेका थिएनन् प्रदेश अधिवेशनमा मतदान

मंसिर २०, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशनमा डा. शेखर कोइरालासहित ४ केन्द्रीय नेताले मतदान नगरेका कारण संस्थापनइतरका सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएको भन्ने चर्चा भइरहेका बेला सभापतिका आकांक्षी रहेका अन्य नेताहरूले पनि प्रदेश अधिवेशनमा मतदान नगरेको पाइएको छ ।

Muktinath Bank

घिमिरे २ मतले पराजित भएपछि शेखरसहित संस्थापनइतर पक्षका केन्द्रीय नेताहरू सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेको विषय चर्चामा आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, भावी सभापतिका लागि पनि उम्मेदवारी दिने बताएका सभापति शेरबहादुर देउवासहित सभापतिका अन्य आकांक्षीले पनि प्रदेश अधिवेशनमा मतदान नगरेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

देउवाले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान गरेनन् । 

Vianet communication

यसैगरी संस्थापनइतरबाट सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका प्रकाशमान सिंह हेटौंडा पुगे पनि बाग्मती प्रदेश अधिवेशनमा मतदान नगरेको पाइएको छ ।

सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधिको प्रदेश (प्रदेश नं. २ )मा अधिवेशन भएको छैन ।

नेतृत्वका आकांक्षीमध्ये रामचन्द्र पौडेल र कृष्ण सिटौला मात्र प्रदेश अधिवेशनमा सहभागी भएका थिए ।

प्रदेश अधिवेशनमा मतदान नगरेको विषय चर्चामा आएपछि शेखरले केन्द्रीय नेताले प्रदेशमा मतदान गर्न पाउने कि नपाउने भन्ने विषयमा 'संशय' रहेकाले कानूनी परामर्श गरेरै आफूले मतदान नगरेको प्रस्ट पारेका छन् ।

'कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने/नपाउने विषयमा शुरूदेखि नै 'संशय' थियो। कानूनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपयुक्त ठानें । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,' शेखरले सोमवार ट्वीट गरेका छन् ।

प्रदेश अधिवेशनमा मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न पाइन्न भन्ने कुरा निर्वाचन समितिबाट आएकाले शेखर मतदानमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।

'अघिल्लो दिन बुझ्दा निर्वाचन समितिले प्रदेशमा मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न पाइँदैन भन्ने कुरा गरेको थियो, सोही कारण कानूनी परामर्श गरेर नै उहाँले मतदान नगर्नुभएको हो,' शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले लोकान्तरसँग भने ।

डा. कोइराला आसन्न महाधिवेशनमा संस्थापनइतरबाट सभापतिका आकांक्षी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x