×

NMB BANK
NIC ASIA

'नेपाल लाइफ समुन्नत जीवन' जीवन बीमा योजना सार्वजनिक

मंसिर २१, २०७८

NTC
Premier Steels

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

Muktinath Bank

कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो । 


Advertisment
Nabil box
Kumari

विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढि रहेको हुन्छ ।

Vianet communication

साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको हो । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्ययाएको कम्पनीले जनाएको छ । 

यस बीमा योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो । 

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम रू. ५०,००,०००/–(पचास लाख) सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।

यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । रू. ५०,०००र–(पचास हजार) देखि रू. १,००,००,०००र–(एक करोड) सम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । 

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १% छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३% थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६% थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थप घट हुने छैन ।

बीमालेख चालु रहि बीमा अवधि समाप्त मितिसम्म बिमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ । 

बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ ।

बीमा अवधि  भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

यदि बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x