×

NMB BANK
NIC ASIA

जनाधार बलियो बनाउँदै दल : कुन राजनीतिक दलका कति कार्यकर्ता ?

मंसिर २२, २०७८

NTC
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन
Premier Steels

 

Muktinath Bank

 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 


Advertisment
Nabil box
Kumari

 

Vianet communication

 

 केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए ।

उनले भने, “नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ । पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ ।”


कार्यकर्तामा काँग्रेस धनी

नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ । महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । शर्माले भने, “नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजारभन्दा बढी भएको छ । यो सङ्ख्या नयाँ र पुराना क्रियाशील सदस्यसहितको हो ।”

काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ । शर्माका अनुसार, आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमा राखिएको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको छ ।

उनले भने, “अझै केही जिल्लाको क्रियाशील सदस्यको सूची वेबसाइटमा राख्ने काम भइरहेको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि क्रियाशील सदस्यको सूची प्राप्त हुँदै छ । क्रियाशील सदस्य सङ्ख्या अझै बढ्न सक्छ ।” काँग्रेसमा युवाको आकर्षण पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ । क्रियाशील सदस्यहरूमा १६ देखि २५ वर्ष उमेर समूहका ५ प्रतिशत र २६ देखि ४० वर्षसम्म उमेर समूहका झन्डै ३० प्रतिशत क्रियाशील सदस्य छन् ।


एमालेको आठ लाख

नेकपा (एमाले)ले १०औँ महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको प्रक्रिया चलिरहँदा एमालेले अध्यावधिक गरेको तथ्याङ्कमा पार्टीका सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको दाबी गरिएको छ । एमाले सचिव योगेश भट्टराईले पार्टी फुटको असर खासै नपरेको बताए । उनले पार्टीमा युवाको प्रतिनिधित्व वृद्धि भएको पनि जानकारी दिए ।
उनले भने, “नेकपा एमालेमा सङ्गठित सदस्यको सङ्ख्या आठ लाख ५५ हजारभन्दा बढी छ । त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । झन्डै ५० प्रतिशत युवा सङ्गठित सदस्य रहेका छन् ।”


माओवादीका साढे सात लाख

नेकपा (माओवादी केन्द्र)ले पनि सङ्गठन विस्तार तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा तहदेखि नै सङ्गठन निर्माण गरिरहेको छ ।
माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले पार्टीका सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताए । उनले थप ५० हजार सङ्गठित सदस्य थपिने बताए । विक्रम संवत् २०७५ देखि ०७८ सम्मको चलेको पार्टी एकता र केही क्षेत्रको सङ्गठित सदस्यहरूको तथ्याङ्क अध्यावधिक हुन बाँकी रहेको ढकालले बताए ।

मुख्यसचिव ढकालले भने, “एमालेसँग एकतापछि सङ्गठन अस्तव्यस्त भएको थियो । त्योभन्दा अगाडि हाम्रो पार्टीमा सङ्गठित सदस्य सङ्ख्या तीन लाखभन्दा बढी थियो । विभिन्न राजनीतिक दल र सङ्गठनहरूसहित ४५ वटा समूहसँग पार्टी एकता भयो । राष्ट्रिय सम्मेलनमार्फत सबै सदस्यलाई व्यवस्थापन गर्दा सङ्गठित सदस्य सङ्ख्या सात लाख ५० हजार पुगेको हो ।”


एक वडा एक हजार : समाजवादी

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादीले ‘एक वडा एक हजार पार्टी सदस्य र एक सय सङ्गठित सदस्य’को अभियान सञ्चालन गरिरहेको छ । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन निर्माणका लागि तीनमहिने अभियान सञ्चालन गरिरहेको बताए । उनले भने, “एकीकृत समाजवादीमा झन्डै तीन लाख सङ्गठित सदस्य अहिले पनि छन् । हामी तीनमहिने अभियानमार्फत छ लाख सङ्गठित सदस्य पु¥याउने लक्ष्यका साथ हामी वडा–वडामा पुगिरहेका छौँ ।’


राप्रपाले सङ्गठन विस्तार गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारमात्रै नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको सङ्गठन बलियो बनाउन अभियान थाल्ने बताए ।
गोरखापत्रसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, “राप्रपाको देशभरि रहेको सङ्गठनमा अहिले एक लाख ५० हजार सदस्य छन् । साङ्गठनिक संरचना सुदृढ गर्नका लागि अभियान सञ्चालन गर्न नयाँ नेतृत्व प्रतिबद्ध छ ।” गोरखापत्र दैनिकमा अशोक अधिकारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x