बैशाख २८, २०७९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति 'म भित्रको म' सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमु...
विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा शनिवार राजधानीमा स्रष्टाहरूलाई पुरस्कृत गरिएको छ ।
रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्यसहित विविध क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गरे ।
५० हजार रूपैयाँ राशिको विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिएको छ । १५ हजार रूपैयाँ राशिको विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीरलाई प्रदान गरियो ।
विकल सृजना पुरस्कार विमल निभा, विकल—सुशीला संघर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासंगीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशि नगद १० हजार रूपैयाँ हो ।
प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरेको छ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरिएको छ ।
सोही अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रिसालसहित वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष के के कर्माचार्य, उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, महासचिव विजय चालिसे, एमालेका नेता रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, पुरस्कृत स्रष्टा प्राध्यापक डाक्टर चुडामणि बन्धु लगायतले विकलको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरेका थिए ।
साथै उनीहरूले विकलको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैबीच आजै सम्पन्न प्रतिष्ठानको १५ औं साधारण सभाले वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा रहेको अघिल्लो कार्य समितिलाई नै आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति 'म भित्रको म' सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमु...
कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्...
लघु जलविद्युत्को टवाईनका डिजाइनर एवम् निर्माता स्वर्गीय श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान : ढुंगाको कापबाट फक्रिएको फूल’ शुक्रबार विमोचन भएको छ । पुस्तक तथा वृत्तचित्रमार्फत स्वर्गीय प्रधानको जी...
अर्जुन दुलाल हिमाल यो पहाड यो मधेस एक सान हो किराँत हिन्दु कृश्चियन् सबै समान हो हसाउँदै म हाँस्दछु भुलेर भेदभाव त्यो छ देश बग्छ रक्तमा म प्यार गर्छु देशको ।।१।। फुटेर लर्नु छैन हे अनेक जात धर्म...
राजनीति एउटा यस्तो शस्त्र जसको प्रहारमा कोही कोहीलाई सुखै सुख छ कोही कोहीलाई दुखैदु:ख छ सधै दिनभर हाँस्ने बोल्ने साथी आज साथी छैनन् अर्को पार्टीका कार्यकर्ता पो त फेरि केहीलाई जसरी नी चुनाव ...
हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान शुरू...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...