×

कांग्रेस सहमहामन्त्री परियारको दाबी- एमालेसहित सबै दलको सहमतिमा संसदबाट एमसीसी पारित हुन्छ

पुस ४, २०७८

सत्तारुढ नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसदबाट एमसीसी पारित गराउने दाबी गरेका छन् । 

सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरूको सहमतिमा सो प्रस्तावलाई संसदबाट पारित गराउने विश्वास व्यक्त गरेका हुन् । 


Advertisment

नेपाल प्रेस युनियन, कास्कीले आइतवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । 


Advertisment

सहमहामन्त्री परियारले एमसीसीको बारेमा सत्तारुढ दलहरूलाई एक ढिक्का बनाएर आफ्नो पार्टीले लैजाने बताए । 

‘एमसीसी नेपालमा झण्डै २० वर्ष अगाडिदेखि एमसीसीको बजेट नेपालमा आउन विभिन्न खालका सरकारहरूले काम गरेका छन् । यो काम गर्ने सन्दर्भमा नेपालको कुनै पनि राजनीतिक दल अछूतो छैन,’ उनले भने, ‘त्यसैले गर्दाखेरी म छोटकरीमा भन्न चाहन्छु– एमसीसीले नेपालमा जुन डोनेट गरेर आएको पैसा हो । त्यो पैसा नेपालको विकास र समृद्धिका लागि आएको पैसा हो । यो पैसाको सन्दर्भमा सरकारले जुन खालका सम्झौताहरू गरेको छ ।’

सहमहामन्त्री परियारले आगामी निर्वाचनमा सत्तारुढ दलहरूबीच आवश्यकताको आधारमा सहकार्य हुने पनि स्पष्ट पारे । सबै निर्वाचन क्षेत्रमा भने सत्तारुढ दलहरूबीच सहकार्य गरेर निर्वाचनमा जान सक्ने अवस्था आफूले नदेखेको उनको टिप्पणी थियो ।

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटि...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

x