२२ जेठ २०८३, शुक्रबार

डायनासोरकालको एउटा यस्तो माछा जो १०० वर्ष बाँच्छ, गर्भधारण गरेकाे ५ वर्षपछि जन्माउँछ बच्चा

पुस ६, २०७८
डायनासोरकालको एउटा यस्तो माछा जो १०० वर्ष बाँच्छ, गर्भधारण गरेकाे ५ वर्षपछि जन्माउँछ बच्चा

विश्वमा धेरै रहस्यमयी जीव छन् । यसमध्ये माछा पनि हो, जसलाई जिउँदो जिवाश्म पनि भनिन्छ । 

यसको नाम सियोलाकान्थ हो, जो डायनासोरको कालदेखि नै पृथ्वीमा छ । भनिन्छ यो माछा १०० वर्षसम्म जिउँदो रहन्छ । अझ रोचक त के भने यो माछाले गर्भधारण गरेको पाँच वर्षपछि मात्रै बच्चालाई जन्म दिन्छ । 

सन् १९३० अघि यो माछा लोप भएको मानिन्थ्यो । तर, पछि यो माछा अफ्रिकाको समुद्र तटमा देखिएको थियो । यो माछा रातिमा डुल्ने बेला मानव आकारको जस्तो हुने एक अध्ययनमा पाइएको छ । यो एकदमै विस्तारै बढ्छ र झण्डै एक सय वर्षसम्म जिउँदो रहन सक्छ । 

करीब ५० वर्षपछि मात्रै यसले गर्भधारण गर्न सक्छ र गर्भ धारण गरेको पाँच वर्षपछि मात्रै बच्चा जन्माउँछ । फ्रान्सका शोधकर्ताका अनुसार यो माछा ४० देखि ६९ वर्षको समय परिपक्व हुन लाग्छ । यो माछाको अस्तित्व खतरामा छ । 

हालसम्म सियोलाकान्थ माछाको दुई प्रजाति मात्रै पाइएको छ । एक प्रजाति अफ्रिकाको पूर्व तटको कोमोरोसद्वीप समूहमा पाइएको छ भने अर्को इन्डोनेशियाको सुलावेशी द्वीपमा पाइएको छ । यो माछा झण्डै २३०० फिट गहिरोमा रहन्छ । 

यो माछाको प्रजाति लभगभ ४२ करोड वर्ष पुरानो हो । -अमरउजाला

salt training

कमेन्ट गर्नुहोस्