×
Bajaj Top
Khukuri
FONEPAY

सेवा

बौद्धिक अपाङ्गता भएका बालबालिकाकी गुरुआमा मीना

बुटवल | पुस १०, २०७८

NTC
TVS INSIDE

बुटवलकी मीना भुसालकी बहिनी वर्षा बौद्धिक अपाङ्गता भएर जन्मिइन् । वर्षाका लागि शिक्षाको खोजीमा थालिएको अभियानबाट दिदी मीना बौद्धिक अपाङ्गता भएका बालबालिकाको गुरुआमा बन्न पुगिन् ।

Sanima Bank
morang Auto yamaha

रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ दीपनगरस्थित सुस्तमनस्थिति बाल विद्या मन्दिरमा संस्थापक भएर वर्षाजस्तै अन्य ४ बालबालिका पढाउँदै मीना प्रधानाध्यापक भएकी हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

४५ वर्षीया भुसालले २७ वर्षदेखि बौद्धिक अपाङ्गता सम्बन्धी शिक्षण पेशा अँगाल्दा थु्रपै अप्ठ्यारो परिस्थिति सामना गरे पनि सुस्त मनस्थिति भएका बालबालिकालाई पढाउँदा आफूलाई निकै सन्तुष्टि मिलेको बताइन् । भुसाल अहिले १०२ जना सुस्तमनस्थिति भएका बालबालिकाकी ज्योति बनेकी छन् ।

स्नातक तह उत्तीर्ण भुसाल बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा र स्याहारसुसारमा कुनै कसर बाँकी राखेकी छैनन् । त्यस्ता बालबालिकाको गुरुआमा र आफ्नो अधिकारको वकालतका लागि समर्पित बनिन् उनी ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उमेरको वृद्धिसँगै सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारण उमेर र वातावरण सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाका व्यक्ति बौद्धिक अपाङ्गतामा पर्छन् । त्यस्ता व्यक्तिहरू उमेर सापेक्ष राम्ररी बोल्न, अरूले बोलेको बुझ्न, सुन्न र हिँडडुल गर्न सक्दैनन्, स्मरणशक्ति पनि कमजोर हुन्छ । अरू बच्चाजस्तै सामान्य विद्यालयमा उनीहरू जान नसक्ने मीना बताउँछिन् । 

२०५१ सालमा वर्षासँगै अविरल, कल्पना र मनोज श्रेष्ठलाई एउटा कोठा भाडामा लिएर थालिएको बाल विद्या मन्दिर अहिले मीनाकै प्रयास र अभियानबाट सुविधासम्पन्न भवन सहितको विद्यालय बन्न पुगेको छ । झण्डै ३ दशकदेखि शारीरिक र मानसिक रूपमा कमजोर बालबालिकालाई शिक्षण गराउन दरिलो खम्बा बनेर काँध थाप्दै अग्रसर रहिन् मीना ।  

४ जना बालबालिकालाई बुटवलको भुडकी चोकमा कोठा भाँडामा लिएर मीना र उनका बुवा लोकनाथको प्रयासमा कक्षा शुरू गरियो । ३ वर्ष मीना र अर्को १ जना दिदी देवकुमारी श्रेष्ठ (हाल मृत्यु) ले स्वयंसेवी रूपमा काम गरेर विद्या मन्दिरलाई बामे सार्दै अघि बढाए । चन्दा, दान, घरघरमा पुगेर पैसा संकलन गर्दै  विद्यालयलाई अगाडि बढाइयो । 

बुटवलमा सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) स्थापनासँगै अस्पतालले बाल विद्या मन्दिरलाई केही सहयोग गर्‍यो । २०६३ सालमा सबैको प्रयास र दबाबले सरकारले विद्यालयलाई स्रोत कक्षा (एक शिक्षक र एक सहयोगी) कोटा उपलब्ध गराइदियो । मीनाको प्रयास सार्थकतातर्फ अगाडि बढ्यो । मीना अहिले विद्यालयमा  प्रधानाध्यापक छिन् । 

बालबालिका विद्यालयमा आएपछि व्यावहारिक ज्ञान सिकाउने गरिन्छ । उनीहरूलाई शौचालय जान, साबुनपानीले हात धुन, लुगा र चप्पल सुल्टो गरी लगाउन सिकाइन्छ । 

मीनासहित अन्य २ जना शिक्षकलाई यी काम गर्न नियमित रूपमा सुस्त बालबालिकालाई गराउन कुनै अप्ठ्यारो लाग्दैन । ‘प्रत्येक विद्यार्थीलाई फरक–फरक सिकाउनुपर्छ । १०० जना विद्यार्थीलाई सयथरी सिकाउनुपर्छ । एउटै कुरा सबैमा लागू हुँदैन,’ मीना भन्छिन्, ‘एउटाको कुरा अर्कोसँग मेल खाँदैन । यस्ता विद्यार्थी ठूलो उच्च पदमा पुग्न नसके पनि व्यावसायिक सीप सिकेर केही गर्न सक्छन् ।’

विद्यालयमा गर्नुपर्ने काम मीनाले वर्षौंदेखि गराउँदै आएकी छन् । सुस्त बालबालिकासँग मीनाको माया र सेवा गर्ने नसा नै भइसकेको मीना बताउँछिन् । 

‘१०२ जना बालबालिका मेरा छोराछोरीजस्तै भइसके,’ मीना भन्छिन्, ‘मलाई मेरा बच्चाले खान मानेन, केही गर्न पनि मान्दैन भनेर दैनिक १०–१५ वटा अभिभावकका फोन आउँछ । अहिले त मेरा आफ्ना २ छोरा र सुस्त बालबच्चा एउटै जस्तो लाग्छ । उनीहरू साँच्चै भगवान हुन् । उनीहरूको सेवा गर्न पाउनु साँच्चै गर्व लाग्छ ।’

आर्थिक अभाव र जागिर गर्नुपर्ने बाध्यताले यस्ता बालबालिकाको सेवा गर्ने काम मीनाले रोजेकी होइनन् । मनैदेखि गुरुआमा बनेपछि उनले यो कामलाई निरन्तरता दिएकी छन् । उनका पति सागरमणि पाठक गृह मन्त्रालयका उपसचिव हुन्, २ छोरा स्नातक तहमा अध्ययनरत छन् ।  

‘मैले यी बालबालिकालाई पढाउँदा मलाई यस्ता बच्चा पढाउने भनेर घृणा पनि गर्थे, मलाई हेर्ने दृष्टिकोण फरक राखे तर मैले यिनीहरूको सेवा गर्न छाड्न मनै लागेन,’ मीना भन्छिन् ।

मीना यस्ता बालबालिकालाई भगवान् भन्न रूचाउँछिन् । यस्ता बालबालिका सँगैसँगै बस्दा, पढाउँदा आफ्ना सन्तान पनि त्यस्तै जन्मिन्छन् भन्ने कुरा पनि मीनालाई धेरै सुनाए तर त्यस्ता तथ्यहीन कुराका पछाडि उनी कहिल्यै लागिनन् । ‘कसैले चाहेर यस्तो बच्चा भएको होइन । कि जन्मजात प्रकृतिले नै ठगिएर जन्मिन्छ, कि त ठूलो दुर्घटनामा परेपछि यस्तो समस्या देखिन्छ । त्यसैले यस्ता बच्चा भए भनेर अभिभावकले छिःछि र दूरदूर होइन, सहर्ष स्वीकार गर्नुपर्छ,’ उनले भनिन् । यस्ता समस्या भएका बालबच्चाको औषधि, उपचार नभएकाले उमेर, रूचि र क्षमता पत्ता लगाएर सिकाउनुपर्ने मीना बताउँछिन् । 

‘अभिभावकले पनि समय दिनुपर्छ, मन्दिर जानुभन्दा यिनीहरूको सेवा गरे मन्दिर गएर गरिने पूजाभन्दा बढी पुण्य कमाइन्छ,’ मीना भन्छिन् । मीनाका बुवा लोकनाथ विद्या मन्दिरका अध्यक्ष छन् । लोकनाथ बौद्धिक अपाङ्गतासँगै मानव सेवा आश्रम लगायत विभिन्न सामाजिक संघसंस्थामा रही सामाजिक भूमिका निर्वाह गर्दै आएका छन् । 

बिहान पौने १० बजे नै मीना विद्यालय पुग्छिन् । उनी विद्यालय पुग्दा केही विद्यार्थी अभिभावकसँगै विद्यालय आइपुगेका हुन्छन्, केही गाडीमा आउँछन् । उनलाई देखेपछि बालबच्चा खुशीले गद्गद् हुन थाल्छन् । 

विद्यार्थीलाई घरघरबाट लिन विद्यालयले अहिले आफ्नै सानो गाडी (भ्यान) पनि सञ्चालनमा ल्याएको छ । विद्यालय आउन नसक्ने विद्यार्थीलाई २ जना शिक्षकले ‘होम भिजिट’ गर्दै घरमै गएर सिकाउँछन् । देवीकुमारी शर्मा र पवित्रा खवास ‘होम भिजिट’मा जाने गर्छन् । 

राज्यले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पाठ्यक्रम निर्माण गर्न नसक्दा पढाइमा अन्योल रहेको भुसालको भनाइ छ । ‘दृष्टिविहीनको ब्रेललिपि छ, बहिराको लागि सांकेतिक भाषा भए पनि बौद्धिक अपाङ्गता भएकाहरूका लागि अहिलेसम्म पाठ्यक्रम बन्न नसक्दा पढाइमा अप्ठ्यारो छ,’ उनले भनिन् ।

कोरोना महामारीले झण्डै २ वर्ष विद्यालय बन्दजस्तै भयो । त्यस्तो बेलामा मीना सहितका टीमले फोनबाटै विद्यार्थीलाई सिकाउने प्रयास गर्‍यो ।
 
फरक क्षमता भएका विद्यार्थीलाई अध्ययन गराउने विद्यालयको भौतिक पूर्वाधारको विकास, शिक्षक, कर्मचारी दरबन्दी थप गर्दै विद्यालयको स्तर वृद्धि गर्न स्थानीय तह सक्रिय छ । बुटवल उपमहानगरपालिकाले विद्यालयलाई वार्षिक ४ लाख रूपैयाँ उपलब्ध गराउन थालेको छ भने १ जना शिक्षकको तलब पनि उपमहानगरपालिकाले दिएको छ । मीनाको संसार नै अहिले यिनै बालबालिका भएका छन् । 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

विभिन्न ‘प्रोजेक्ट’को सिलसिलामा मेघनाथ आचार्य झण्डै ३ दशकअघि थाइल्यान्ड (बैंकक) पुगेका थिए । ‘लुम्बिनीबाट आएको हुँ’ भनेर परिचय दिँदा त्यहाँका नागरिकले उनका खुट्टा ढोगेपछि उनी सोचमग्न भ...

माघ १, २०७८

समाजशास्त्रमा स्नातकोत्तर गरेका हेटौंडा–४ का प्रकाश सुवेदी बट्टाई चरापालक किसान हुन् । ३६ वर्षीय प्रकाश स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने बट्टाई चराको अण्डा र मासु बेचेर व्यवसायी बनेका छन् ।   प्रक...

माघ ८, २०७८

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३८ वर्षीय दिपेन्द्र ऐरको नियमित दिनचर्या बिहान ५ बजदेखि शुरू हुन्छ । ६–१० बजेसम्म उनी ३ वटा क्याम्पसका विद्यार्थीसँग साक्षात्कार गर्छन् । प्राध्यापन अवधिपछि...

माघ ७, २०७८

अधिकांश नेपाली विदेश जान मरिहत्ते गर्छन् । अझ अस्ट्रेलिया, अमेरिका, क्यानडा जान भनेपछि लाखौं खर्च गर्न पनि तयार हुन्छन् । हजारौं नेपाली विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका छन् । कतिले तै उतै घरजम बसाइसके । ...

माघ १०, २०७८

गुल्मीका १२ स्थानीय तहमध्ये विकट गाउँपालिकाको रूपमा मालिकालाई चिनिन्छ । पालिकाका ७४ प्रतिशतभन्दा बढी महिलाहरू घरमै जोखिमपूर्ण रूपमा सुत्केरी हुन्थे । अस्पताल आउनुपर्ने अवस्थामा पुगे ६० किलोमिटर टाढा तम्घास व...

माघ २, २०७८

उतिबेला तिब्बतबाट हिँडेर मुस्ताङको लोमान्थाङ हुँदै पोखरा झर्दा बाटोमै जन्मिएकी आफ्नी आमाको कथाले ३८ वर्षीया हिसी छोइडेनलाई आज पनि झस्काउँछ । तिब्बतबाट करीब एक हप्ताको पैदल यात्रापछि हिसीकी आमा मिगमार ...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...