×

NMB BANK
NIC ASIA

यसकारण सरकारी राजस्व तिर्न प्रयोग गर्नुहोस् कनेक्ट आईपीएस (तरिकासहित)

पुस १४, २०७८

NTC
Premier Steels

तपाईं कर तिर्न कार्यालयतर्फ निस्कँदै हुनुहुन्छ ? या कर तिर्ने कार्यालयमा हुने भीड सम्झिएर हैरानीमा हुनुहुन्छ ? 

Muktinath Bank

कर कार्यालयमा हुने भीड एकातिर छ भने कर नतिरे जरिवाना तिर्नुपर्ने बाध्यता अर्कातिर । अझ कर तिर्न घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता उस्तै ।  त्यसको उदाहरण त तपाईं-हामी नै हौँ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर तिर्न दिनभर कामको माया मारेर भोकभोकै बस्नुपर्ने बाध्यता सम्झँदै पनि विरक्त लाग्छ । तर, अब भने यो बाध्यता नेपालका लागि इतिहास बन्दै छ । 


Advertisment
Nabil box
Kumari

कर तिर्न धाउनुपर्ने बाध्यतालाई चिर्दै अनलाइनबाटै कर तिर्न मिल्ने प्रविधि अहिले सञ्चालनमा आइरहेको छ । तपाईं यस प्रविधिसँग जानकार हुनुहुन्न भने वा कम जानकार हुनुहुन्छ भने हामी तपाईंलाई यस्तो प्रविधिको जानकारी गराउँदैछौँ । जसबाट तपाईंले आफ्नो घर वा अफिसबाटै विना झन्झट केही मिनेटमै सरकारलाई कर तिर्न सक्नुहुनेछ । 

Vianet communication

घरमै बसेर कर पनि तिरिने, समय पनि बच्ने, भएन त काइदा ! 

पछिल्लो समय अत्याधिक लोकप्रिय रहेको कनेन्ट आईपीएसबाट तपाईंले घर वा अफिसबाटै कर तिर्न सक्नुहुनेछ । 

कनेक्ट आईपीएस प्रयोगकर्ताले विना झन्झट यो सुविधा प्रयोग गर्न पाउनेछन् । 

प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कनेक्ट आईपीएसले अनलाइनबाटै कर तिर्ने सुविधा ल्याएको हो । यसका लागि सेवाग्राहीले सर्वप्रथम कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नुपर्ने हुन्छ । 

कनेक्ट आईपीएसले यो सेवा झण्डै ४ वर्षदेखि सञ्चालनमा ल्याएको हो । 

कसरी बन्ने प्रयोगकर्ता ?

कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नका लागि सर्वप्रथम तपाईंले कम्पनीको वेबसाइट https://www.connectips.com/ मा लगइन गर्नुपर्ने हुन्छ ।

त्यसपछि त्यहाँ साइन अप र साइन इन अप्सन दिइएको हुन्छ । जसमध्ये नयाँ खाताका लागि साइन अपमा क्लिक गर्नुपर्दछ । 

यसपछि नयाँ ट्याब खुल्छ, जसमा तपाईंले आफ्नो व्यक्तिगत विवरणहरू (नाम, लिंग, मोबाइल नम्बर, इमेल आईडी, जन्म मिति, जिल्ला) भर्नुपर्ने हुन्छ । 

यसपछि कनेक्ट आईपीएस प्रयोगका लागि युजरनेम र पासवर्ड पनि त्यहाँ राख्नुपर्ने हुन्छ । 

यति गरिसकेपछि कनेक्ट आईपीएस र तपाईंको खाता रहेको बैंकलाई अनलाइन वा बैंकमा गएर लिंक गर्न सक्नुहुनेछ ।

यसपछि तपाई कनेक्ट आईपीएस प्रयोगकर्ता बन्नुहुनेछ ।

यसबाट तपाईंले आफ्नो वा अन्य कसैको बैंक खातामा रकम पठाउन, इन्टरनेट, बिजुली बत्तीको बिल भुक्तानी गर्न सकिनेछ । 

कसरी तिर्ने कर ? 

पछिल्लो समय लोकप्रिय बनिरहेको कनेक्ट आईपीएस विगत चार वर्षदेखि सरकारी राजस्व भुक्तानीको माध्यम बनिरहेको छ ।

कनेक्ट आईपीएसले आफ्ना प्रयोगकर्तालाई सरकारी राजश्व भुक्तानीका लागि विभिन्न विकल्प दिएको छ ।

राजश्व भुक्तानीका लागि आन्तरिक राजश्व विभागको वेबसाइट, कनेक्ट आईपीएसको मोबाइल एप, कर्पोरेट पे लगायतका विकल्पमध्ये तपाईंले कुनै एक उत्तम विकल्प छनोट गर्न सक्नुहुनेछ ।

करदाताले सरकारी भुक्तानी (गभर्मेन्ट पेमेन्ट) मा गएर आन्तरिक राजस्व विभाग (आईआरडी) बाट कर तिर्न सकिनेछ ।

आईआरडीमा क्लिक गरेर बैंक खाता नम्बर र भुक्तानी मूल्य छनोट गर्नुपर्छ ।

भुक्तानी विवरण (पेमेन्ट डिटेल्स) मा संस्थामा नेपाल सरकार राजस्व भुक्तानीसँगै रहेको भौचर नम्बर हालेर कनेक्ट आईपीएसबाट करदाताहरूले कर भुक्तानी गर्न सक्नेछन् । 

पछिल्लो समय अनलाइनमार्फत् कर तिर्ने सेवाग्राहीको संख्या बढ्दो छ । अनलाइनबाट कर तिर्दा कर कार्यालय गइरहने झन्झटबाट मुक्त त भइनेछ नै । 

यसबाहेक समग्र मुलुकलाई नै प्रत्यक्ष फाइदा समेत पुग्ने छ ।

भुक्तानी सीमा 

ग्राहकले कनेक्ट आईपीएसमार्फत् कारोबार गर्दा रकम बमोजिम २ रूपैयाँदेखि ८ रूपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्नुपर्ने हुन्छ ।   

५०० रूपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क २ रूपैयाँ, ५०० भन्दा माथि ५,००० सम्म प्रति कारोबार शुल्क ४ र ५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रूपैयाँ लागू हुन्छ । 

कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा प्रति कारोबार शुल्क २ देखि ५ कायम रहेको छ ।  ​

के हो कनेक्ट आईपीएस ?

कनेक्ट आईपीएस नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको हो । यसबाट विभिन्न किसिमका भुक्तानी कारोबार गर्न सकिन्छ । 

अनलाइनमार्फत कारोबार गर्न सकिने अन्य सेवाप्रदायक भन्दा कनेक्ट आईपीएस बढी सुरक्षित मानिन्छ । किनकि यसमा प्रयोगकर्ताले रकम राख्नु पर्दैन । यो एउटा माध्यम मात्र बन्छ र बैंकबाटै भुक्तानी गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x